Breaking News

अन्नपूर्ण मन्दिर, स्वयम्भूमा महायज्ञ संचालन हुदै

हरिराम पौडेल प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १७:१२

अन्नपूर्ण मन्दिर व्यवस्थापन केन्द्रको आयोजनामा मन्दिर परिसरको संरक्षण, विस्तार एवं आन्तरिक धार्मिक पर्यटनको विस्तारको उद्देश्यले काठमाडौंको स्वयम्भू स्थित अन्नपूर्णचोकमा अवस्थित अन्नपूर्ण मन्दिर परिसरमा महायज्ञ संचालन हुने भएको छ ।
यहि आश्विन ०९ गते देखि १६ गते सम्म आयोजना हुने उक्त महायज्ञमा बालतपश्वी पण्डित श्री उत्तम भट्ट महाराज जीको मुखारविन्दबाट कथा प्रवचन हुने महायज्ञ प्रचार प्रसार उपसिमितिका संयोजक ओम प्रकाश सुवेदीले बताए ।

असोज ०९ गते विहान ८ बजे कलशयात्रा सहित महायज्ञको सुरुवात हुने तथा ११ बजे महायज्ञ कार्यक्रमको समुद्घाटनको कार्यक्रम रहेको महायज्ञ समन्वय समितिका संयोजक माधवनारायण तिवारीले बताए । उनका अनुसार असोज १० गते देखि १६ गते सम्म विहान ११ देखि दिउँसो ४ बजे सम्म संगीतमय कथाबाचनको कार्यक्रम रहेको छ । साथै प्रत्येक दिन बेलुका ७ बजे देखि १० बजे सम्म महात्म्य कथा भजनकीर्तन, झाँकी प्रदर्शन, प्रत्येक दिन तुलादान, रुद्री, जन्मोत्सव पूजा समेत गरिने भएकोले समस्त भक्तजनहरुलाई यो विशेष धार्मिक अनुष्ठानमा सहभागी भई पुन्य कमाउनु हुन आयोजकको तर्फबाट सपिरवारलाई निमन्त्रणा रहेको श्री अन्नपूर्ण मन्दिर व्यवस्थापन केन्द्रका संयोजक ख्याम नारायण ढकालले बताए ।


महायज्ञ सफल बनाउन तथा मन्दिर परिसरको संरक्षण, विस्तारको लागी आयोजना गर्न लागिएको महायज्ञमा दानवीरदाताहरुले गर्नु भएको दानको आधारमा सम्मानको समेत व्यवस्था रहेको आर्थिक व्यवस्था उपसमितिका प्रेममान सिंह राजभण्डारीले बताए । उनका अनुसार रु. एक हजार देखि रु. साठी हजार वा सो भन्दा माथी दान गर्ने दाताहरुलाई विभिन्न सम्मानका कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १७:१२

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,