Breaking News

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । वेस्ट इन्डिजमा आइतबार बिहान भएको फाइनल खेलमा अष्ट्रेलियालले इङ्ल्यान्डलाई आठ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

अष्ट्रेलियाले महिला विश्वकप उपाधि जितेको यो चौथो पटक हो । विश्वकपको छैटौं संस्करण आइपुग्दा यसअघि इङ्ल्यान्ड र वेस्ट इन्डिज एक एक पटक विजयी भएका थिए ।

उपाधि यात्रामा एक सय ६ रनको सामान्य लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अस्ट्रेलियाबमे जितकमा कप्तान मेग लनिङले २८ र एसले गार्डनरले अबिजित ३३ रन बनाए । एलिस हिली २२ र बेथ मूनीले १४ रन जोडेका थिए । बलिङमा इङ्ल्यान्डका डेनियल हैजÞेल र सोफी एक्लेस्टोनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्ड १९.४ ओभरमा सबै विकेट गुमाएर एक सय ५ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि ड्यानियल वेटले ४३ र हिथर क्लियरले २५ रन बनाए । अन्य ब्याटम्यान फिका देखिए ।

इङ्ल्यान्डलाई सस्तोमा समेट्न बलिङमा अस्ट्रेलियाका गार्डनरले तीन, मेगन शत्त र जार्जिया बेरहमले दुई विकेट झारेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले महिला क्रिकेटको स्तर माथि उकास्न सन् २००९ देखि टी–२० महिला विश्वकप आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार ११:१६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,