Breaking News

अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १२:२७

कात्तिक २८, काठमाडौं । अष्ट्रेलिया वेष्ट इन्डिजमा जारी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा न्यूजील्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलिया १ खेल अघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि अलिसा हेयलीले ५३ रनको योगदान दिएकी थिइन् । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्यूजील्यान्डले १७.३ ओभरमा सबै विकेटको क्षतिमा १२० रन मात्रै बनउन सकेपछि अष्ट्रेलियाले सहज जित निकालेको हो ।

अष्ट्रेलियाले लगातार ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएर १ खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको हो । समूह बी मा रहेको अष्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा भारतसँग १७ तारिखमा खेल्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १२:२७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,