Breaking News

आँगनमै विद्युत महशुल तिर्न पाउँदा सेवाग्राही खुशी

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार १६:३५

भकुण्डे । नेपाल विद्युत प्राधिकारण् काभ्रे वितरण केन्द्रले भकुण्डेबेसीमा विद्युत महशुल संकलन केन्द्र स्थापना गरेसँगै जिल्लाका रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीहरु खुशी भएका छन् । आइतबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले संकलन केन्द्रको उद्घाटन गरेका हुन् ।

न्युनतम ८० रुपैया बिजुलीको महशुल तिर्न दिन भरीको काम माया मारेर त्यसमा पनि ३ सय रुपैयाँ खर्च गरेर धुलिखेलसम्म आउनु पर्ने बाध्यताको अन्त्य भएसँगै आँगनमै बिजुलीको महशुल तिर्न पाएपछि उनीहरु खुशी भएका छन् । आफुले बालेको बिजुलीको पैसा मासिक रुपमा भुक्तानी गर्ने मन भएपनि आउने र जाने गर्दा खर्च धेरै लाग्ने भएको कारण बाध्यताले ३/३ महिनामा मात्र धुलिखेल पुगेर महशुल तिर्ने गरेको तेमाल गाउँपालिकाका दिर्घराज मोक्तानले बताए । साथमा ‘अब त आँगनमै बिजुलीको पैसा तिर्न पाउने भएपछि महिनैपिच्छे आएर तिर्ने छु’, मोक्तानले खुशी व्यक्त गर्दै भने ।

केन्द्रको उद्घाटन गर्दै मन्त्री बास्कोटाले संकलन केन्द्रले त्यस भेगका जनताले बिजुलीको रकम भुक्तानीकै लागि धुलिखेल र बनेपसम्म पुग्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास आफुले लिएको बताए । त्यसैगरी कार्यक्रममा जिल्लाको रोशी, तेमाल र नमोबुद्धका सेवाग्राहीले न्युनतम रकम बुझानउसमेत बनेपसम्म पुग्नु पर्ने बाध्यतालाई बुझेर नै महशुल संकलन केन्द्र भकुण्डेमा स्थापना गरिएको काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनियर रविन्द्र कुमार यादबले बताए ।

केही बर्षदेखि भकुण्डेमा नो लाईट सेवा प्रारम्भ गरेसँगै सेवाग्राहीले महशुल संकलन केन्द्र राख्न सुझाएका थिए । यस क्षेत्रमा पर्ने २ गाउँपालिका र १ नगरपालिकामा मात्रै नेपाल विद्युत प्राधिकारणका ८ हजार जना ग्राहक छन् । ती सेवाग्राहीको समस्यालाई बुझेर नै उनीहरुलाई सजिलो होस् भनेर भकुण्डेमा प्राधिकारणले विद्युत महशुल संकलन केन्द्र राखेर सेवा शुरु गरेको इञ्जिनियर यादवले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार १६:३५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,