Breaking News

पछिल्लो समय गायनमा सुनिने चर्चित नाम हो जितु लोप्चन । लोप्चन बि स २०५१ साल जेष्ठ १९ गते काभ्रेपलान्चोक जिल्लाको पाँचखालको खावामा बुवा बुद्ध लामा र आमा साहिलि लामाको कोखबाट जन्मनु भएको हो । लोप्चनले तामाङ सेलो,तामाङ् चलचित्रका गीतहरु,नेपाली गीत गरी सय भन्दा बढी गीतमा आफ्नो स्वर दिईसक्नुभएका छन भने निकै ब्यस्त गायिका हुन । देश तथा बिदेशमा साङ्गितिक कार्यक्रममा जितु लोप्चन नै देखिन्छ । बि।स २०७१ सालबाट गीत रेकर्ड गराइ साङ्गितिक क्षेत्रमा प्रबेश गर्नुभएका लोप्चनले जिन्दगीको गोरेटोमा एल्बम बजारमा ल्याइसक्नु भएको छ् ।

लोप्चन सानै उमेरबाट लजालु स्वभावका हुनुहुन्थ्यो भने पढाईमा अब्बल थिए । बिद्यालयमा हुने गायन कार्यक्रममा सहभागीता जनाउदै लोप्चन गायनमा सुमधुर स्वर भएका कारण शिक्षकहरुको हौसला र साथले अझै सहयोग पुग्यो । सङ्गितमा सानै उमेरबाट चासो दिने लोप्चन सरल र स्पस्ट बक्ता पनि हुन ।

तामाङ् कथानक चलचित्र मायासे लासी २ मा “ताङ्ला छु सेम ङाला” बोलको गीतबाट औपचारिक गायन थाल्नु भएका लोप्चनले जिन्दगीको गोरेटोमा एल्बम बजारमा ल्याइसक्नु भएको छ् । बि बि एस् को अध्ययन सकाइसक्नु भएका गायिका यतिबेला सबैको मन मुटुमा रहन सफल रहनु भएको छ् ।

आज जन्मदिनको अबसरमा देश तथा बिदेशबाट गायिका लोप्चनलाई शुभकामना प्रदान गरिरहेका छन । आगामी दिनहरुमा पनि गायिका जितु लोप्चनको आवाजमा थुप्रै गीतहरु सुन्न पाइयोस । समावेशी अनलाइन परिवारको तर्फबाट जन्म दिनको लाखौं लाख शुभकामना ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ०८:१७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,