Breaking News

आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको अध्यक्षमा फेरी अरुण

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १२:३६

आशिस तामाङ
पुस ४, २०७५ सिड्नी । नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको नयाँ नेतृत्वको अध्यक्षमा फेरी अरुण तामाङ चुनिएको छ । आइतबार बसेको मञ्चको १२ औ साधारण सभाले तामाङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मन चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा लक्ष्मण गुरुङ र नारायण भट्टचन, महासचिवमा कर्णराज राजवंशी, सचिवमा लिल गुरुङ र कोषाध्यक्षमा राम सिप्थुंखा राई सहित १९ जना कार्यसमिति चुनिएका छन् ।

अष्ट्रेलियामा बसेर पनि हामीले नेपालको आदिवासी र जनजातिको लागि काम गर्न पाउदा गर्व लागेको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

२००६ मा स्थापना भएको मञ्च नेपाल आदिवासी जनजाति महासंघको मान्यता प्राप्त निकाय पनि हो । अष्ट्रेलियन सरकारले पनि मञ्चलाई जातिय हक अधिकारका लागि संघर्षरत संस्थाको रुपमा पहिचान गरेको मञ्चको दावी छ ।

अष्ट्रेलियामा रहेका आदिवासी जनजाति संघसंस्थाको छाता संगठनका रुपमा समेत हेरिने मञ्चले परदेशमा आदिवासी जनजातिहरुको पहिचान, अधिकार र प्रतिनिधित्वका लागि अभियान चलाउदै अएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १२:३६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,