Breaking News

उत्तम भट्टराईको आहा हिमाल विमोचित

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १८:०५

११ असोज , काठमाडौं
नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को आज विमोचन सम्पन्न भएको छ । विश्व पर्यटन दिवशको अवसर पारेर सार्वजनिक गरिएको उक्त नियात्रा संग्रह रोजगार मिडिया प्रा।लिले प्रकाशन गरेको हो ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका लाक्पा फुटी शेर्पा, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, कृतिकार उत्तम भट्टराई तथा रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराईले उक्त कृति संयुक्त रुपमा विमोचन गरेका थिए ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा वढि पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार व्यक्त गरे ।


कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले नेपालका हिमाल र हिमाली संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारणा सहित कृतिको सफलताको शुभकामना व्यक्त गरे ।
लेखिका शेर्पाले ‘आहा हिमाल’ मार्फत् नेपालका हिमाल र यसको पर्यटकीय सौन्दर्यको गहिरो चर्चा भएको बताइन् ।
कार्यकारी निर्देशक ज्ञवालीले विश्व पर्यटन दिवसकै दिन आहा हिमाल विमोचन गर्न पाउँदा खुशी व्यक्त गर्दै लेखक भट्टराईसँग अनुभूतिको अथाह शक्ति रहेको नेपाली पर्यटन र हिमालको जनजीवनको सुन्दर संयोजन रहेको बताए ।


यसैगरी रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराईले आफुहरुले आप्रवासन, रोजगार र आर्थिक विषयका अलवा विविध समसामयीक विषय समेटने क्रममा यस कृतिको प्रकाशन गरेको बताउदै कृतिले नेपाली पर्यटन र यात्रा साहित्यमा ठूलो परिचय दिन सक्ने विचार व्यक्त गरे ।
कृतिका लेखक उत्तम भट्टराईले आफूले नेपालका विभिन्न हिमाली क्षेत्रामा घुम्दाका अनेकौं अनुभूति मार्फत् नेपाली समाज र पर्यटकीय संसारलाई उतार्ने प्रयास गरेको विचार राखेका थिए ।
लेखक भट्टराईको यो पहिलो कृति हो । यस कृति बाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशित भइरहेका छन् । पर्यटन, साहित्य र संचारमा सम्बद्ध भट्टराई सक्रिय सामाजिक अभियन्ता हुन् । उनी अनेक संघ, संस्थामा आबद्ध छन् ।
करिव एक घण्टा पन्ध्र्र मिनेटमा समापन भएको कार्यक्रम संचारकर्मी हरिराम पौडेलले रोचक ढंगले संचालन गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १८:०५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,