Breaking News

एउटा यस्तो बस्ती जहाँ बस्नका लागि शल्यक्रिया पर्ने

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १५:२४

बीबीसी

संसारमा कुनै पनि स्थानमा बस्नका लागि केही शर्त लागु हुन्छ । तर एउटा यस्तो बस्ती छ जहाँ बस्नका लागि कुनै पनि व्यक्तिले शल्यक्रिया गर्नैपर्छ ।

अन्टार्कटिकामा एउटा यस्तो बस्ती छ जहाँ लामो समयसम्म बस्नका लागि एपेन्डिक्सको शल्यक्रिया गर्नैपर्ने हुन्छ ।

अन्टार्कटिका निकै चिसो महाद्वीप हो । यहाँ मानिसहरु केही महिनाका लागि मात्र बस्न सक्छन् । तर यो चिसो इलाकामा पनि मानिसहरुका केही बस्ती छन् । यस्तै एउटा बस्ती छ विलास लस एस्ट्रेलास ।

यो अन्टार्कटिकाको त्यो इलाका हो जहाँ अनुसन्धानको उद्देश्य बोकेका वैज्ञानिक बस्छन् या त चिलीको वायुसेना र थलसेनाका जवान बस्छन् ।

धेरै सैनिक यहाँ ओहोरदोहोर गरिरहन्छन् । तर धेरैजसो वैज्ञानिक र सैनिक यहाँ लामो समयदेखि बस्दै आएका छन् । उनीहरुले त्यहाँ आफ्नो परिवारलाई पनि सँगै लगेका छन् । विलास लस एस्ट्रेलासको जनसंख्या मुश्किलले सय होला ।

कस्ता सुविधा ?

यद्यपी, यहाँ कुनै ठूला ग्रामिण इलाका र साना शहरका जस्ता सुविधा छैनन् । तर पनि आवश्यकता अनुसार यहाँ जनरल स्टोर, बैंक, स्कूल, सानो पोष्ट अफिस र अस्पताल बनाइएको छ ।

स्कूलमा बच्चाले निकै उत्कृष्ट तालिम त पाउँछन् तर अस्पतालको उपचार निकै सतही छ । अन्टार्कटिकामा एउटा ठूलो अस्पताल छ तर त्यो विलास लस एस्ट्रेलास गाउँभन्दा एक हजार किलोमिटर टाढा छ ।

बाटोमा भारी बरफको पहाड हुन्छ । यहाँको ठूलो भनिएको अस्पतालमा सिमित डाक्टर छन् र उनीहरु पनि पोख्त सर्जन होइनन् । त्यसकारण कुनै प्रकारको आपतकालीन अवस्थाबाट बच्नका लागि मानिसहरुले एपेन्डिक्सको शल्यक्रिया गराउनै पर्छ ।

हवाई जहाजबाट आउँछ सामानः

यहाँका मानिसहरुको जीवन जति अद्भूत छ त्यो भन्दा अचम्मको छ यो स्थान । विभिन्न दिशा बताउने निशानलाई देखेर नै अन्दाज लगाउन सकिन्छ कि यो स्थान बाक्लो जनसंख्याबाट कति टाढा छ ।

उदाहरणका लागि बेइजिङ यहाँभन्दा करिब १७ हजार पाँच सय एक किलोमिटर टाढा छ । आवश्यक सामान सेनाको विशाल हवाईजहाज अमेरिकी कम्पनी लकहीड मार्टिनले बनाएको मालवाहक विमान सी–१३० हर्क्यूलिसबाट ल्याइन्छ । नजिकैको इलाकामा पुग्नका लागि द्धध्म्  ट्रक र र्याफ्टिङ बोटको आवश्यकता पर्छ ।

यो इलाकाको औसत तापक्रम वर्षभरी माइनस २.३ सेल्सियस हुन्छ जुन अन्टार्कटिकाको मुख्य इलाकाको तापक्रमभन्दा निकै तातो हो ।

घरलाई बाहिरबाट बरफको चट्टानले घेरेको  हुन्छ जसको भित्रको तापक्रम बाहिरभन्दा राम्रो हुन्छ । घरभित्रको सजावट पनि निकै उत्कृष्ट छ । भित्तामा केही विशेष पलका तस्बिर राखिएका हुन्छन् । यीमध्ये एक तस्बिर चर्चित वैज्ञानिक स्टिफन हकिङ्ग्सको पनि राखिएको छ ।

जाडो महिनाको चुनौतीः

सर्जियो क्यूबिलोस चिलीको एयरफोर्स बेसका कमान्डर हुन् । उनी करिब दुई वर्षदेखि आफ्नी श्रीमती र बच्चाहरुसँग बसिरहेका छन् । यद्यपी, उनको परिवार केही दिनका लागि चिली फर्किएका थिए तर सजिर्यो आफू भने दुई वर्षदेखि यहाँ छन् ।

आफ्नो अनुभवको आधारमा उनी भन्छन्, ‘चिसो मौसम झेल्नु एउटा ठूलो चुनौती हो किनभने चिसोमा यहाँको तापक्रम माइनस ४७ डिग्रीसम्म पुग्छ । त्यसकारण धेरै दिनसम्म घरभित्रै कैद रहनुपर्छ ।’

उनका अनुसार अब त उनको परिवारलाई यहाँको मौसम झेल्ने बानी परिसकेको छ । उनीहरु मौसमको मजा त लिन्छन् नै अन्य सैनिकको परिवारसँग हेलोविनमा रमाइलो पनि गर्छन् ।

परिवारसँग बस्नेहरुलाई अर्को एउटा कुरामा विचार पुर्याउन पनि सल्लाह दिइन्छ । सैन्य बेसमा बस्नेहरुलाई मेडिकल सुविधााको अभावमा कुनै ठूलो समस्या हुनसक्ने भन्दै गर्भवती नहुनसमेत आग्रह गरिन्छ ।

यहाँ पेन्गुइनलाई मानिसहरुबाट खतरा छैन । उनीहरु कुनै डरबिना नै हिँड्छन् । तर तापक्रममा अत्यधिक गिरावट आउँदा धेरैको संख्यामा मर्छन् पनि ।

सैन्य बेसबाट निकै टाढा अग्लो इलाकामा ट्रिनिटी नामको एक रुसी चर्च छ । यसलाई रुसका एक रुढिवादी पादरीले बनाएको मान्यता राखिन्छ ।

विलास लस एस्ट्रेलास संसारको एउटा यस्तो हिस्सा हो जहाँ अन्य कुनै ग्रहमा बसेको अनुभव गर्न सकिन्छ । त्यसकारण यहाँ बस्नु एक चुनौती हो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १५:२४

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,