Breaking News

विद्यालय प्रशासन भन्छन्ः बढी विद्यार्थी राख्नु बाध्यता

विद्यार्थी भन्छन्ः कक्षामा अगाडि बस्न बिहानै ८ बजे नै विद्यालयमा झोला राख्न आउनुपर्ने

असोज २५, सुर्खेत / दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णालीस्थित जनज्योति माध्यमिक विद्यालयले १० कक्षाका १ सय २१ विद्यार्थीलाई एउटै कक्षामा राखेर अध्यापन गराउने गरेको छ ।

नयाँ शहर आयोजनाले काम गरिरहेको र आठबीस नगरपालिकाको केन्द्र समेत रहेको विद्यालयमा पर्याप्त शिक्षक नहँुदा एउटै कक्षामा विद्यार्थी राखेर अध्यापन गराइरहेको छ । एसईई परीक्षाको तयारी गर्नुपर्ने १० कक्षामा अध्ययनरत विद्यार्थी रमेश माझीले आफूहरूलाई अध्ययन गर्न गाह्रो भएको बताए ।

‘कक्षामा अगाडि बस्न बिहानै ८ बजे नै विद्यालयमा झोला राख्न आउनुपर्ने बाध्यता छ । नभएपछि पछाडि बसेर शिक्षकले पढाएका कुरा सुन्न सकिँदैन,’ उनले भने, ‘हामीले समूह विभाजन गर्न भनेर विद्यालयलाई भनेपनि विद्यालय प्रशासनले शिक्षक अभाव भएको बताउँदै समूह विभाजन गर्न नसकिने बताउँदै आएको छ ।’

एउटै कक्षामा १ सय २१ जना विद्यार्थी राखेर अध्यापन गराइरहेको जनज्योति माध्यमिक विद्यालय प्रशासन बढी विद्यार्थी राख्नु आफूहरूको बाध्यता रहेको  बताउँछ । विद्यालयका प्रधानाध्यापक खड्कराज शर्माले आठबीस क्षेत्रकै सबैभन्दा ठूलो बजार क्षेत्र रहेको र विद्यालयमा अछामका विद्यार्थी समेत अध्ययन गर्न आउने भएका कारण विद्यार्थी संख्या बढेको बताए ।

‘हामीले आएका जति सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बाध्यता सिर्जना भयो,’ उनले भने, ‘सरकारी विद्यालय भएका कारण हामीले छानेर विद्यार्थी भर्ना गरेनौं । सोही कारण ९ र १० कक्षामा विद्यार्थीको संख्या धेरै भएको हो ।’

विद्यालयमा ४ देखि १२ कक्षासम्म ७ सय ८० जना विद्यार्थी रहेको बताए । तर, यी विद्यार्थीलाई अध्यापन गराउने शिक्षक भने जम्मा १२ जना रहेको उनले बताए ।

विद्यालयमा पर्याप्त कक्षा कोठा भएपनि शिक्षकको अभावका कारण आफूहरूले समूह विभाजन गर्न नसकेको उनले बताए । ‘हामीले गत वर्ष समूह विभाजन गरेर अध्यापन गराउने अभ्यासको शुरूवात पनि गरेका हौं,’ उनले भने, ‘तर, आर्थिक अभावका कारण समूहमा विभाजन गरेर अध्यापन गराउन सकिएन ।’

आगामी वर्षबाट विद्यार्थीको प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्ने उनले बताए । जनज्योति माध्यमिक विद्यालयमा ९ कक्षामा १ सय १५ जना, ८ कक्षामा ९४ जना, ७ कक्षामा ९३ जना, ६ कक्षामा ७९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । यो खबर लोकन्तर डटकममा प्रकाशित गरिएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १३:२७

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,