Breaking News

कपिलवस्तुकै सांसद साहले बुद्ध भारतमा जन्मिएको प्रचार गरेपछि ….

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ०९:५७

साह कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्

कपिलवस्तु । कांग्रेसको तर्फबाट प्राचीन बुद्धनगरी कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् ।

मंगलबार भारतले सीमावर्ती सिद्धार्थनगरमा गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए ।

सांसद साह उपस्थित भएको कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएका दाबीसहित प्रचार गरिएको थियो ।

उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ । उनले कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ०९:५७

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,