Breaking News

कविता

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १७:०३

मीस यु।

लाखौं करोडौं मायालु शब्दहरू प्रयोग गरेर
फेसबुकको भित्ता रंग्याउनु मात्र
तिमीलाई सम्झिनु हैन
एउटै वाक्य काफी छ
ूमैले तिमीलाई धेरै सम्झेको छु प्रिय
मीस यु।

सिरसिर बतास चल्दा
मैले तिम्रो केशलाई सम्झेको छु
एकान्तमा टोलाएर बस्दा
नजिकैको नदिकिनारमा जमेको तलाउ हेरेर
मैले तिम्रो आखालाई सम्झेको छु
संगै बसेर एउटै मोबाइलमा
एउटै गीत दुबै सुन्थ्यौ
एउटा एयरफोन तिम्रो कानमा
एउटा एयरफोन मेरो कानमा
अचेल एयरफोन लाएर गीत सुन्दा
मैले तिम्रो कानलाई सम्झेको छु
मैले तिमलाई धेरै धेरै सम्झेको छु प्रिय
मीस यु।

तिमीले नै भनेका शब्दहरू
यो मनमा गुन्जिन्छ कहिलेकाही
अनि मैले तिम्रा ओठहरूलाई सम्झेको छु
होलीको समय
मेरा यिनै हातहरूले तिम्रा गाला रंग्याएको
अहिले जस्तै लाग्छ
यी हातहरू हेरेर मैले तिम्रो गाला सम्झेको छु
मैले तिमीलाई धेरै धेरै सम्झेको छु प्रिय
मीस यु।

तिम्रो सिङ्गो रूपलाई सम्झिदै
तिम्रै लागि एउटा गीत लेख्दैछु म
गीतको अन्तरा पुरा हुन अझै बाकी छ
मैले तिमीलाई नै सम्झेको छु
यति सम्झेको छु कि
कहिलेकाही मैले आफैलाई बिर्सेको छु
सच्चै मैले तिमीलाई धेरै धेरै सम्झेको छु प्रिय
मीस यु।
(ज्ञान जिम्बा)

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १७:०३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,