Breaking News

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले सरकारले जनताको जिउ–धनको रक्षा गर्न नसकेको भन्दै सत्तामा रहने नैतिकता वर्तमान सरकारले गुमाएको दाबीसमेत गरे ।

‘न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चार जगतलाई कमजोर बनाउने खेलमा सरकार अहिले लागिरहेको छ’, डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने ।

उनले सम्पत्ति शुद्धीकरणलगायतका महत्त्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहत ल्याएर भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको आरोप लगाए । ‘न्यायपालिका निरीह छ, मिडियामाथि पनि हस्तक्षेप भइसकेको छ । सम्पत्ति शुद्धीकरण आफू मातहत ल्याउने काम भएको छ’, कोइरालाले भने, ‘अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागि परेको छ ।’ तर, उनले सरकारले सेनालाई कसरी कमजोर बनायो भन्नेबारे भने केही खुलाएनन् ।

कोइरालाले न्यायलयमा दलीय छाया परिसकेको उल्लेख गर्दै यसकै कारण पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास घटेको बताए ।

फरक प्रसंगमा नेता कोइरालाले सर्लाही रामनगरमा मारिएका कांग्रेस कार्यकर्ता रामविलास महत्तोको हत्यारालाई उन्मुत्ति दिन राज्य नै लागिपरेको आरोप लगाए  ।  उनले दलको सदस्य भएकै कारण अपराधीले उन्मुक्ति पाउन नहुने भन्दै हत्यारा पत्ता नलागेसम्म शव नउठ्ने प्रष्ट पारे ।

‘कुनै दल विशेषको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाइँदैन’, कोइरालाले भने, ‘नागरिकको जिउ–धनको सुरक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता छैन ।’

onlinekhabar

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १०:५६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,