Breaking News

मंसिर, काठमाडौं । शिव कंगाल, प्रजातान्त्रिक संघर्षबारे चासो राख्ने जो कोहीका लागि परिचित नाम । पञ्चायती व्यवस्था उत्कर्षमा पुगेका बेला हतियार उठाएको नेपाली काँग्रेसको एक सिपाही ।

प्रजातन्त्र आएपछि सबैले गास, वास र कपास पाउँछन् भन्दै बीपी कोइरालाको आह्वानमा भएको सशस्त्र क्रान्तिमा लागेका थिए उनी । तर, २०४६ सालमा निर्दलीय व्यवस्था अन्त्यमात्र होइन, मुलुक गणतान्त्रिक भएको एक दशक वितिसक्दा पनि शिव कंगाल त्यही गास, वास र कपासकै संघर्षमा छन् ।

जीवनको उर्जाशील समय राजनीतिमा बिताएर ४९ वर्षमा विवाह गरेका उनी आफ्नो भन्दा पनि देशमा आर्थिक सुधार नभएकोमा चिन्तित छन् ।

एक छोरी र दुई छोराका बुबा उनी हरेक नेपालीको आफ्नै घर, दुहुनो गाई, कम्तिमा एक बिघा जग्गा हुनुपर्छ भन्ने बीपीको सपना पुरा नभएकोमा पिरोलिन्छन् । ७५ वर्षीय कंगाल आफ्नो पार्टीमा चरम गुटबन्दी र विचौलियाको विगविगी देख्दा निरास हुन्छन् । शिवप्रसाद बडालबाट शिव कंगाल बनेका उनी पार्टीले एक दिन सही बाटो समात्छ भन्नेमा चाही विश्वस्त छन् ।

पञ्चायत कालमा भएको सशस्त्र संघर्ष र आफ्नो जीवनको आरोह अवरोहबारे उनी अनलाइनखबरसँग यसरी खुलेः

कर्मचारीले प्रधानमन्त्री भेट्न दिएनन्

बानेश्वरमा ठेलागाडा लिएर हिँडेको थिएँ । प्रधानमन्त्रीको गाडी आएर मेरै अगाडि रोकियो । गाडीबाट गिरिजाबाबु निक्लनु भयो । मैले गिरिजाबाबु जय नेपाल भने । उहाँले के छ तिम्रो हाल खबर भन्नु भयो ?

मैले मेरो राम्रो छ । तपाईंको स्वास्थ कस्तो छ भनेर सोधेँ । तिमी भेट्नै आउँदैनौ भन्नुभयो । तपाईं समय दिनुस् म भेट्न आउँछु भनेपछि उहाँले आफ्नो पिएलाई पर्सी विहान ८ बजे लिएर आउनु भन्नुभयो ।

पक्राउ पर्नेमा शेरबहादुर देउवा, बलबहादुर केसी, गोकर्ण कार्कीलगायत थिए । उनीहरु सबैले मलाई पोले । यो बीचमा भारतबाट आएको कंगाल मात्रै हो भनेछन् । अनि सीमा नाकाहरुमा मेरो फोटो टाँगियो ।

निर्धारित समयमै म बालुवटार पुग्दा सुरक्षाकर्मीले रिसाउँदै आज दुनैमा त्यत्रो घटना भएको छ, तपाईंलाई भेट दिन मिल्दैन भन्दै हप्काए । अब कहिले आउँ त ? भन्दा दुई, तीन दिनपछि भने । तीन दिनपछि जाँदा प्रधानमन्त्रीसँग के कुरा गर्न खोज्नुभएको भन्नुस् अनि भेटाउने, नभेटाउने विचार गरौंला भन्न थाले ।

मैले तपाईंलाई किन ब्रिफ गर्ने भनेपछि कुनै हालतमा भेट्न दिन्न भनेर अड्डी कस्यो । म प्रधानमन्त्रीसँग माग्न आएको होइन, केही दिन आएको हुँ भन्दा पनि भेट्न दिएनन् ।

यसरी क्रान्तिमा लागेँ

२००१ सालमा काभ्रेको बडाल गाउँमा जन्मिएँ, महिना र गते याद छैन । पढाईको कुरा नगरौं । ७५ वर्षको उमेरमा डिग्रीको व्याख्या गरेर फाइदा के ? काम गर्ने ब्रेनले हो, डिग्रीले होइन । यो सब कुरा गर्नु यहाँ बेकार हुन्छ । न्याय, अन्याय कहाँ, के भयो त्यो विचार गर्ने कुरा हो ।

मेरो बुबाहरू काभ्रेबाट कपिलवस्तु सर्नुभयो । त्यहाँ एक जना वकिल हुनुहुन्थ्यो, गिरिराज अर्याल । उनी र हरिराज राहीको सम्पर्कमा आएँ म सानैमा । राजनीतिमा उहाँहरुले तान्नुभयो । म दाङ, पाल्पादेखि झापासम्म पर्चा पुर्‍याउन जान थालें । अराष्ट्रिय तत्व भनेर वारेन्ट चाहीँ कपिलवस्तुबाटै जारी भयो ।

त्यसपछि २०१९ सालमा हिन्दुस्तान गएँ । त्यहाँ सबै नेतासित भेट भयो । वनारसमा एलबी गुरुङले हतियार चलाउन सिकाउनुभयो । अहिले उनी कता छन्, के छन् केही थाहा छैन ।

बीपी, गणेशमान, गिरिजाप्रसाद लगायतका नेताहरूलाई भेटिसकेपछि मलाई हात हतियार खरिदमा पनि राखियो । बीपीको आह्वानमा सशस्त्र क्रान्तिमा लाग्यौं, हाम्रो नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुहुन्थ्यो । गिरिजाबाबुले भनेपछि म २०३२ सालतीर काठमाडौं आएँ । वनारसमै एमए पढिरहेका अच्युत रिजाल पनि हतियार लिएर काठमाडौं आए । अनि त्यही साल जैसीदेवलमा पञ्चायती मन्त्री प्रयागराजसिंह सुवाललाई बम हानेर फरार भएँ । त्यो काण्डमा करिब सात सय मान्छे पक्राउ परेको कुरा पछि टाइम्स अफ इन्डिया पढेर थाहा पाएको थिएँ ।

पक्राउ पर्नेमा शेरबहादुर देउवा, बलबहादुर केसी, गोकर्ण कार्की लगायत थिए । उनीहरु सबैले मलाई पोले । यो बीचमा भारतबाट आएको कंगाल मात्रै हो भनेछन् । अनि सीमा नाकाहरुमा मेरो फोटो टाँगियो । भरसक जिउँदै पक्रनु भनिएको रहेछ । त्यही बेला वनारस आउनुभएका जगन्नाथ आचार्यले कुनै पनि हालतमा नेपाल नजानु भन्दै मलाई सजग गराउनुभयो ।

२०३३ सालको कुनै एक दिन बीपी कोइरालाले बोलाएर ‘हामी नेपाल जाँदैछौं, तिमी पनि जानुपर्छ’ भन्नुभयो । मैले आफ्ना अवस्था ‘डिटेल’मा बताएपछि उहाँले ‘तिमी, दुर्गा सुवेदी र एलबी गुरुङलाई हिड त भन्छु, तर जाने नजाने निर्णय तिमीहरूले नै गर’ भन्नुभयो ।

हाम्रो केस गम्भीर भएकाले उहाँले त्यस्तो भन्नुभएको थियो । भलै उहाँले अदालतको बयानमा जति पनि घटना भएका छन्, त्यसको नैतिक जिम्मेवारी म लिन्छु भन्नुभएको थियो । त्यो बेला गिरिजाबाबु पनि बाहिरै बस्नु भएको थियो ।

वनारसमा सुशीला कार्की, दुर्गा सुवेदीहरुसँग पनि ४–५ वर्ष संगत गरेँ । सुशीला एकदम ‘ट्यालेन्ट’ र ‘बोल्ड’ महिला हुन् । उनमा लालच भन्ने कुरा त्यो बेला पनि थिएन । प्रधानन्यायाधीश हुँदा न्यायलाई व्यापार बनाउन नचाहेकैले उनीमाथि महाअभियोग दर्ता गरियो ।

भारतमा बस्दा मैले नेपाल प्रवाह भन्ने म्यागजिन निकाले । त्यसको सम्पादनदेखि वितरणसम्म आफैँले गर्थे । जहाँ पुग्यो त्यही छाप्थेँ । चार–पाँच रुपैयाँमा बेच्थेँ । दिल्ली विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालय, वनारस हिन्दु विश्वविद्यालयमा नेपाल प्रवाहको राम्रो माग थियो ।

बीपीको राष्ट्रिय मेलमिलाप नीति अनुसार सबै फर्कन थालेपछि म पनि २०३६ सालमा फर्किएँ । तर म बिरुद्वको वारेन्ट हटेको रहेनछ । त्यतिमात्रै होइन, ‘रिभोल्युसनरी रिपलिकन्स् ग्याङ अफ फाइभ स्टार्स’को नामबाट शिव कंगालले युवराज दिपेन्द्रलाई अपहरण गर्दैछ भन्ने सरकारलाई रिर्पोटिङ भएको रहेछ ।

त्यो बेला बीपीसँग भेट्न पाइन । गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र गिरिजाबाबुसित भेट्दा तँलाई जतिबेला पनि समात्छ, ‘गो ब्याक’ भन्नुभयो । अनि वीरगन्ज गएको, त्यहीबाट पक्राउ गरेर काठमाडौं ल्याइयो ।

धन्न रामकाजीले बचाए

मलाई काठमाडौंमा प्रहरी हेडक्वाटरमा राखियो । दरबारबाट गिरिजाबाबुलाई त्यो कसको मान्छे हो भनेर सोधिएछ । उहाँले हजारौं कार्यकर्ता छन्, सबैलाई त चिन्दिन तर, उनीहरू हाम्रै मान्छे हुन् भन्नुभएछ । गणेशमान र कृष्णप्रसाद भट्टराईले पनि हाम्रै मान्छे हो भन्नुभएछ ।

त्यति भन्दाभन्दै दरबारले शिव कंगालको रासन पानी बन्द गर्नु भनेछ । मलाई हेड क्वाटरमै बयान लिए, कुटपिट गरे ।

म कुनै नेतासँग पद र सुविधा माग्न गइन । भट्टराईले संसदमा लानुपर्छ भनेर मेरो नाम लिनुभएको थियो रे । तर, संघर्ष गरेर आएको मान्छेले यथार्थ जे हो त्यही बोल्छ भनेर नलगेका रे ।

रासन पानी बन्द गर्नुको अर्थ मार्नु भन्ने रहेछ । एक जना प्रहरी अधिकृत थिए– रामकाजी वान्तवा । उनलाई दरबारमा बोलाइएछ । उनले त्यहाँ भनेछन्, अहिले रासन पानी बन्द गर्दा झन हंगमा हुनसक्छ भनेछन् । उनकै कारणले मेरो ज्यान जोगियो । वान्तावा ‘ट्यालेन्ट’ हक्की स्वभावका थिए । त्यही कारण उनी आइजीपी हुन सकेनन् ।

वान्तवाले मलाई तिम्रो बचेर जाने सम्भावना कम छ, बयान दिँदा एउटै कुरा मात्रै भन्नु भन्थे । त्यो बेलामा साइकोलोजी अध्ययन गरेका प्रहरी अधिकृत उनी मात्रै थिए । बयान लिने बेला उनले कसैलाई पनि एक थप्पड हानेनन् ।

बयानको बेला वान्तावाले सिकाएको मन्त्र पालना गरे । पछि त जेलभित्रै भोक हड्ताल पनि गरेँ । वान्तावाले डाक्टरकहाँ लैजानुपर्‍यो, नत्र यो मान्छे सकिन्छ भनेछन् । त्यसपछि मलाई बाग्लुङ चलान गरियो । बाग्लुङको डाक्टरले पनि अस्पताल लैजान सल्लाह दिएछन् । १८ महिनापछि मलाई काठमाडौं ल्याइयो ।

म जेलमै हुँदा टाइम्स अफ इन्डियाले मारियो भनेर लेखिदिएछ । त्यो समाचार आएपछि यिनीहरू आत्तिए । वीरगन्जमा पक्राउ पर्दा पनि टाइम्स अफ इन्डियाले समाचार लेखेको थियो । त्यो बेला करिब आठ वर्ष थुनिएर छुटें ।

जेलबाट छुटेपछि कृष्णप्रसाद भट्टराईलाई भेट्न गएँ । उहाँले बाबु एमनेस्टी इन्टरनेसनलले तिमीलाई जति गर्‍यो, हामीलाई गरेको छैन भन्नुभयो । यो इज्जत बचाएर राख्नु भन्नुभयो ।

२०४६ सालमा बहुदल आउँदा म घर न बारको थिएँ । पार्टीले जे निर्देशन दियो, त्यही गरिरहेँ । संगठनमा बसेर काम गर्ने अवसर भने मैले पाइन । म कुनै नेतासँग पद र सुविधा माग्न गइन ।

भट्टराईले संसदमा लानुपर्छ भनेर मेरो नाम लिनुभएको थियो रे । तर, संघर्ष गरेर आएको मान्छेले यथार्थ जे हो त्यही बोल्छ भनेर नलगेका रे । म, लक्ष्मण खनाल, रेवतीरमण सुवेदी, एलबी गुरुङ, जशोधन राई, अच्युत रिजाल लगायतलाई संसदमा लगिएन । विचारको राजनीतिक गरेको मान्छेले मलाई यो पद देउ भन्ने कुरा पनि आएन । जनताको सुखको लागि राजनीतिमा लागेको मान्छे आफ्नो भलो होस् भनेर हिँड्ने कुरा भएन ।

तर, आफ्ना मतलब सिद्ध गर्न राजनीतिमा आएकाहरु नै सफल भए, कमाए । उनीहरूले कमाएकोमा मलाई रिस पनि छैन ।

हाम्रो सशस्त्र क्रान्ति र माओवादीको जनयुद्धमा ठूलो भिन्नता थियो । उनीहरूले मान्छेलाई सुतेको बेला काटे । मन नपरेको मान्छेलाई सुराकी भनेर मारे । यस्तो घटनालाई म क्रान्ति मान्दिन ।

हामीलाई कसैले पनि घरमा आएर धम्की दिए, हतियार देखाएर चन्दा मागे भन्न सक्दैनन् । हामी स्वेच्छाले दिँदा खायौं, नदिँदा भोकै बस्यौं । माओवादीले वर्ग संघर्ष भनेको थियो, तर १७ हजार नेपालीको ज्यान गएपछि प्रचण्ड र बाबुराम प्रधानमन्त्री बन्नुभयो । जनताले के पाए ? माओले सर्वहारालाई आलिसान बंगलामा बस्नु कहाँ भनेछन् ?

बीपी कोइराला प्रत्येक नेपालीको घरमा एउटा गाई होस, एकाध विघा जमिन होस्, कुटिर उद्योग होस् भन्नुहुन्थ्यो । नेपालमा आज नआए भोलि डेमोक्रेसी निश्चित रुपमा आउँछ भन्नुहुन्थ्यो । सुकिलामुकिलाहरू भेष बदलेर आउँछन्, तिमीहरूले आर्थिक क्रान्ति गर्न सकेनौ भने ‘डेमोक्रेसी कोल्याप्स्’ हुन्छ भन्नुहुन्थ्यो ।

२०५७ सालमा पोखरामा पार्टीको दशौं महाधिवेशन हुँदा काठमाडौंबाट ठेला गुडाएर पुँगे । पोखराबाट महाकाली गएँ । अनि सबै नगारपालिका हुँदै झापाको मेची पुलमा पुगेर त्यो यात्राको अन्त्य गरेँ । त्यो वैचारिक अभियान थियो । पार्टीमा भइरहेको अराजकता र विकृति विरुद्धमा थियो ।

पोखरा महाधिवेशनसम्म पनि मलाई काँग्रेसलाई सुधार्न सकिन्छ भन्ने लागेको थियो । त्यही भएर मेची महाकाली यात्रा गरे ।

पार्टीमा लल्लुसिं, कल्लुसिं

कांग्रेस अहिले डाकाहरुको पार्टी जस्तो भएको छ । को, कुन डाँकाको मान्छे भने जस्तो छ । अहिले त फलना शेरबहादुरको मान्छे, फलना डिस्कनाको मान्छे । म कसको मान्छे ? म कसैको होइन, विचारको मान्छे । म लल्लुसिंको पनि होइन, कल्लुसिंको मान्छे पनि होइन ।

हजुर हजुर भनेर झुके केही हुन्थ्यो होला । पञ्चायती व्यवस्थासित नझुकेको मान्छे अब कोसँग झुक्ने ? झुकेकै भए त त्यो बेला दरबारले नै के, के अफर गर्‍यो, गर्‍यो । थुनामा हुँदा डीबी लामाले घटनामा गिरिजाप्रसाद कोइराला र ऋषिकेश शाहको संलग्नता छ भन्नुस्, तपाई‌ंलाई छाड्छौं भन्थे । जोरजवरजस्ती पनि गर्न खोजेका थिए । मैले हात काटेर लैजाउ तर, म सही गर्दिन भनेँ ।

अहिले तस्कर, व्यापारी, जग्गा दलालहरुले नेपाली कांग्रेस पार्टी चलाएका छन् । निर्वाचनको टिकटमै खरिद बिक्री चल्छ । टिकट दिनेलाई पार्टीसँग होइन, पैसासँग मतलब छ । अन्तरघातले गर्दा पार्टी पराजित भएको पनि भनिन्छ । अन्तरघात पार्टी सभापति स्वयंले गरे, चितवनमा प्रचण्डको छोरीलाई जिताउने निर्देशन दिएर । अन्तरघात गर्नेलाई कारवाही गर्ने हो भने पहिला शेरबहादुर देउवाजीलाई गर्नुपर्ने अवस्था छ । तर, आफैँले आफैँलाई के कारवाही गर्ने ?

कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, एउटा भण्डारी लगायत केही आशलाग्दा नेता छन् । यस्ता नेता हुने हो भने काँग्रेसले गर्न सक्छ । गुण्डालाई टिकट दिने परिपाटी रह्यो भने पार्टी तहसनहस हुने निश्चित छ । काग्रेस तहसनहस भयो भने देश पनि तहसनहस हुन्छ ।

‘टु मच ओल्ड म्यान’ भन्छन्

मेरो यो हात के भएको भनेर पार्टीलाई थाहा छ । तर, हात देखाएर माग्न खोजेको नठान्नु, यो मुलुकमा म जस्ता अपाङ्ग भएर बस्नेहरू धेरै छन् ।

२०४९ सालमा विवाह गरेँ । छोरीको विएस्सी सकियो । एउटा छोरा विएस्सी फाइनलमा छ । अर्को छोरो विविएस सकेर बसेको छ । सुगर, पिसाब र ब्लड प्रेसरको समस्या भएकोले बिहान सात बजेतिर हिड्न निस्कन्छु । कुनै क्यान्टिनमा मागेर पत्रपत्रिका पढ्छु । काम देउ भन्दा ‘टु मच ओल्ड म्यान’ भन्छन् ।

अनलाइनखबर

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १६:२०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,