Breaking News

काभ्रेकी डोल्मा तामाङको यूएईमा मृत्यु

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार १४:४७

आशिस तामाङ, यूएई । यूएईमा एक नेपाली महिलाको ज्यान गएको छ । पाँच वर्ष पहिलेदेखि यूएईको आबुधाबीमा रहेको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत देउराली ३ दमरा, काभ्रेकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो ।

पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि अस्पातल भर्ना हुनुभएको थियो । आबुधाबिक क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी डोल्माको मस्तिष्कमा समस्या देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल भर्ना भएको दुई दिनपछि अर्ध चेत अवस्थामा रहेकी डोल्माको मस्तिष्क पक्षघात भई ज्यान गएको अस्पतालले जनाएको छ । डोल्माले कम्पनीको भिसा रद्द गरेर सधैँका लागि नेपाल फर्किन कम्पनीमा निवेदन समेत दिनुभएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कम्पनीले बिरामीको रेखदेख गर्न नेपाली दूतावासको समन्वयमा नेपालबाट डोल्माका श्रीमान पञ्च तामाङ तथा कान्छो बुवाको छोरा सेवार तामाङलाई यूएई झिकाएर उपचार गराइरहेको थियो । श्रीमान र भाइले डोल्माको स्याहारसुसार गरिरहनु भएको थियो । मृतक डोल्माको १२ वर्षका छोरा छन । उपचाररत डोल्माको मृत्यु भएपछि कम्पनीले दिनुपर्ने सम्पूर्ण क्षतिपूर्तिसहित शव नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो । शव पोष्टमार्टमका लागि लगिएको छ भने मृतकका श्रीमान र भाइलाई कम्पनीले नै बस्ने खाने व्यवस्था गरेर राखिरहेको डोल्माको दाजु फुर्वा योञ्जनले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएको परिवारमा मृतकको शव नेपाल लैजान समस्या भए काभ्रे समाज र तामाङ समाज यूएईले सहयोग गर्ने समाजका प्रवक्त्ता सुनिल लामाले बताए ।

मृतको पार्थिव शरीर नेपाल लाने क्रममा नै रहेको निजका श्रीमान माङले बताएका छन ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार १४:४७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,