Breaking News

नमोवुद्ध नगरपालिकाको फेदीबाट १ लाख ६६ हजारसहित ११ जुवाडे पक्राउ

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १०:४६

कात्तिक १८, काभ्रे ।  जिल्लाको नमोवुद्ध नगरपालिका–९ स्थित फेदीमा स्थानीय जितापसिंह तामाङको घरमा गएराति जुवाको खाल बसेको सूचनाका आधारमा १ लाख ६६ हजार नगदसहित ११ जुवाडे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरिएका छन् ।

प्रहरीका अनुसार घरधनी जितापसिंह तामाङ, पाँचखालका सोम तामाङ, नमोबुद्ध १० का सुकमान तामाङ, तेजबहादुर तामाङ, सुकमान लामा, प्रकाश श्रेष्ठ, पदम लामा, राजु लामा, विनोद लामा, चन्द्र लामा र कृष्णबहादुर अधिकारीलाई आइतबार बिहान जुवाको खालबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविराज खड्काका अनुसार पक्राउ परेका ११ जनालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १०:४६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,