Breaking News

काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटना चार जनाको मृत्यु

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार ११:१२

काभ्रे / काभ्रेमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका डीआइजी र पत्रकारसहित चार जनाको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा तीनजना घाइते भएका छन् ।

मण्डन देउपुर नगरपालिका– ६  ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिँदा दुई जनाको घटना स्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मण्डन देउपुर–४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियम प्रदेश ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका–१० का विनोद कार्कीको घटना स्थलमै मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा प्रहरी प्रधान कार्यालयका डीआइजी सुशीलकुमार भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते पूर्वडीएसपी धनराज पुरी, विनोद गौतम, व्यवसायी प्रदिप वोगटीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी पाचँखाल तिनपीपलेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार ११:१२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,