Breaking News

केराउ र चना खादाका ८ फाइदा थाहा पाउनुहोस्

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार १७:१८

काठमाडौं– हाम्रो दैनिकीमा धेरै खपत हुने मध्येको खाद्य पदार्थ केराउ र चना पनि हो । सामान्यतया खाजाको रुपमा केराउको छोले र चनाको खुव प्रयोग हुन्छ ।

तर केराउ र चना खाँदाका धेरै फाइदा छन् त्यो सबैलाई थाहा नहुन सक्छ । चना र केराउ खाँदा मुख्य आठ फाइदा यस्ता छन् ।

तौल घटाउँछ : चना तथा केराउमा हुने फाइबरको कारणले यीनीहरूको सेवन तौल घटाउनको लागि निकै उपयोगी मानिन्छ । चना तथा केराउले लामो समय सम्म ढाडस दिइरहन्छ । चना तथा केराउले साहाकारीहरूको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्बाह गर्दछ ।

शक्ति वढाउँछ : चना तथा केराउको प्रयोगले शक्ति बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि बढ्छ ।

चिनीको सन्तुलन : चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्दछ ।

महिलाको हर्मोनलाई नियमित बनाउँछ : महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ । हर्मोनको नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
रक्तअल्पताको हेरचाहा : चना तथा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।

रक्तचाप नियमित बनाउँछ : केराउ तथा चनाको प्रयोगले उच्च रक्तचापलाई केही कम गर्छ । केराउ चनाको प्रयोगले रक्तचापलाई नियमित बनाउँछ ।

अपच हुने समस्या हुँदैन : चना तथा केराउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ ।

मुटु स्वस्थ बनाउँछ : चना तथा केराउको प्रयोगले स्वस्थ मुटु बनाउनको लागि अहम भूमिका खेल्दछ । साथै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता हट्दछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार १७:१८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,