Breaking News

काभ्रे / जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनमा २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भवनको पुनःनिर्माण गरिएको हो । बाल्टिङमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन यसै साता समुदायलाई हस्तान्तरण गरिनेछ ।

बनखु, फलामेटार, गोठपानी, पोखरीचौँरी र सानो वाङ्थलीमा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । कोरियाली रेडक्रसकी नेपालस्थित प्रतिनिधि सुनी किमले भूकम्पबाट प्रभावित केही जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ, “ग्रामीण भेगमा भवन बनाएर नेपाली नागरिकको स्वास्थ्य सेवा गर्न पाएकामा खुशी छौँ ।” कोरियाली रेडक्रसले भूकम्पबाट क्षतिग्रस्त काभे्रपलाञ्चोकमा १२, धादिङमा एक र सिन्धुपाल्चोकमा १४ स्वास्थ्य चौकी भवन निर्माण गर्न सम्झौता गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका स्वास्थ्य कार्यक्रम अधिकृत दीपक पोखरेलले जानकारी दिनुभयो । धादिङमा भवन निर्माण भइसकेको छ भने सिन्धुपाल्चोकमा १२ भवन निर्माण गरिएकामा दुई भवन निर्माणाधीन अवस्थामा छन् ।

“एउटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्न रु ६० लाखदेखि रु ६५ लाखसम्म खर्च भएको छ,” पोखरेलले भन्नुभयो । उक्त रकमले प्रिफेबको प्रयोग गरी स्वास्थ्य चौकी भवन, उपकरण तथा कर्मचारी आवास निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “केही भवनमा सोलारबत्तिसहित तातोपानीको व्यवस्थापन गरिएको छ ।” जिल्ला स्वास्थ्य समन्वय एकाइका अनुसार भूकम्पबाट क्षतिग्रस्त ४३ स्वास्थ्य चौकी भवनमध्ये ३७ वटा गैर सरकारी संस्थाको सहयोगमा निर्माण गर्ने सम्झौता भएको छ ।
-रासस

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार १२:४३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,