Breaking News

खानीखोलाको एकतर्फी राज, भलिबलको उपाधी खानीखोलाको पोल्टामा

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार १३:५७

इकमान लामा, धुलिखेल । पछिल्लो केही समय यता डाँडापारिको क्षेत्रबाट सहभगी जनाएका खानीखोला गाउँपालिकाले जिल्ला व्यापी भलिबल प्रतियोगितामा राज गरिरहेको छ । त्यो क्रमको निरन्तरता फेरी पनि दोहोरीको छ । जितलाई निरन्तरता दिने क्रममा प्रथम जिल्ला व्यापी भलिबल प्रतियोगिताको उपाधी खानीखोला गाउँपालिकाले जितेको छ । न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा भएको प्रतियोगितामा खानीखोला गाउँपालिका प्रथम भएको हो ।

प्रतियोगिताको उपाधीको लागि भएको फाइनल खेलमा महाभारत गाउँपालिकालाई हराउँदै खानीखोलाले उपाधी आफ्ना पोल्टामा पार्न सफल भएका हुन् । भने महाभारत उपविजेतामै चित्त बुझाउन बाध्य भए । यी दुवै गाउँपालिका जिल्लाको विकट क्षेत्र मानिने डाँडापारिका हुन् । त्यसैगरी आयोजक टिम तेस्रो भएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी खानीखोलाका सुमन थोकर घोषित भए भने उत्कृष्ट लिब्रोमा खानीखोलाकै बुद्धराम लामा छानिए । साथमा उत्कृष्ट सटरमा महाभारतका प्रदिप सिंतान र उत्कृष्ट सेटरमा आयोजक टिमका कृष्ण राम देवजु भएका छन् ।

प्रतियोगितामा प्रथम हुन सफल खानीखोलासहित द्धितीय र तृतीय स्थान हासिल रहेका टिमलाई क्रमशः रु.३० हजार, रु. २० हजार र रु. १० हजार र सन्त्वाना भएका क्लवलाई नगद रु. ५ हजार नगदसहित खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा १२ टिम सहभागी रहेको आयोजक क्लबले जनाएको थियो ।

Image may contain: one or more people, people playing sports, people on stage, shorts, basketball court and outdoor

भुतपुर्व खेलाडीलाई सम्मान

जिल्लामा पहिलो पटक आफ्नो खेल जीवनको समयमा काभ्रेको खेलकुद विकास र प्रवद्धनको निम्ति योगदान गर्नु हुने १० जना भुतपुर्व खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा महाभारत गाउँपालिकाका धन बहादुर अस्थानी मगरसहित श्याम कृष्ण श्रेष्ठ, माधव श्रेष्ठ, रविन्द्र कर्मचार्य, माधव के.सी., वसन्त रानाभाट, जय ओम बादे, गोपाल श्रेष्ठ, रामहरि तिमल्सिनालाई सम्मान गर्रिको थियो ।

कार्यक्रममा काभ्रे जिल्लाका एक मात्र अन्तरराष्टिय रेफ्री विजय के.सी. लाई पनि सम्मान गरिएको थियो ।

जिल्ला व्यापी भलिबलमा खानीखोलाको राज

पछिल्लो केही बर्ष यता डाँडापारिको क्षेत्रबाट सहभगी जनाएका खानीखोला र महाभारत गाउँपालिकाले जिल्ला व्यापी पुरुष भलिबलमा एकछत्र राज गरिरहेका छन् । कुनै बेला डाँडापारि क्षेत्रका क्लवहरुलाई जिल्ला हुने कुनै पनि खेलकुदमा बोलाइदैन थियो भने अहिले जिल्ला हुने पुरुष भलिबल प्रतियोगीताको विजेता डाँडापारि क्षेत्रबाट आएको टिम वा क्लव नै हुन्छ भन्ने मनोविज्ञानसमेत जिल्लाका अन्य खेलाडी तथा सर्वसाधारणमा पारेका देखिन्छ । अझ विशेष गरी सुमन थोकरको कप्तानीमा ती क्षेत्रबाट सहभागी भएर खेलेको अहिलेसम्मको कुनै पनि खेलमा फाइन नपुगेको रेकर्ड छैन भने र फाइनल प्रतिस्पर्धामा पनि जित हात पारिरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार १३:५७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,