Breaking News

खानीखोलामा गुम्बा लुटेराहरु प्रहरीले नियन्त्रणमा लिए

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १३:५४

धुलिखेल, काभ्रे / खानीखोला गाउँपालिकामा रहेको २ सय वर्षभन्दा पुरानो गुम्बामा चोरी गरी फरार रहेका लुटेराहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौं १९ गते खानीखोला गापा–७ मा रहेको छोईफेल कुन्देलिङ गुम्बामा रहेको बुद्ध मुर्ति, शंख र नगद ३ लाख ५० हजार लुट्ने गिरोहका ७ जनालाई प्रहरीले आईताबार सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुलाई मुलुकी ऐनको अपराध संहिता ऐन २०७४ अन्र्गत संगठित अपराध तथा डाँका मुद्दा चलाउने तयारी गरेको बताएको छ । तर लुटेराहरुलाई सार्वजनिक गरे पनि प्रहरीले गुम्बाबाट चोरीएको बहुमुल्य बुद्ध मुर्ति, नगद र शंख भने सार्वजनिक गरिएको छैन ।
लामा गुरु ८४ बर्षीया तिलक बहादुर मोक्तानलाई मध्यरातमा आएका लुटेराहरुले पेस्तोल देखाएर गुम्बामा लुटपाट गरेका थिए । प्रहरीले सार्वजनिक गरेको लुटपाटमा संलग्न रहेकाहरुमा पनौती नगरपालिका–८ का विकास बञ्जार, पनौती नपा–२ का देश बहादुर भ्लोन, बेथानचोक गाउँपालिका–१ का निशान गोले, खानीखोला गाउँपालिका–१ का जगत बहादुर गोले, खानीखोला–२ का रमेश थोकर, खानीखोला–७ का अनिल घिसिङ रहेका छन् । साथमा उनीहरुबाट प्रहरीले २ थान मोटरसाईकल, १ थान सुनको लेपन गरिएको कचौरा, मेडईन चाइना लेखिएको आधुनिक पेस्तोल र नगद २ हजार ४ सय ९० बरामद गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १३:५४

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,