Breaking News

खानेपानी अध्यक्ष वि.क ले गरे भ्रष्टाचार

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १७:३८

कालिका नपा, चितवन । खानेपानी समितिको अध्यक्ष तुल बहादुर वि क (दिनेश) ले ४ लाख भन्दा बढी रकम भ्रष्ट्रचार गरेको छ । दुई बर्ष बितिसक्दा पनि संस्थाको साधारणसभा नगरेपछि उपभोक्तले विरोध र कार्यालय घेराउ गरेपछि अध्यक्षले वि.क ले साधारण सभा नगर्नु र उनले गरेको भ्रष्ट्रचार पुष्टि भएको हो ।

वि.क समितिको अध्यक्ष मिति २०७३–२–२८ मा भएर २८ महिनामा वितिसक्दा पनि साधारणसभा नगरेको र उभोक्ताको काम पनि समयमा नगरेपछि ३ भदौ २०७५ मा अक्रोशित उपभोक्तहरुले ब्यापक बिरोधसँगै कार्यालय घेराउ गरेका थिए ।

अध्यक्ष वि.क ले बिजयटोल सिचाई तथा खानेपानी डिपबोरिङको ३ लाख २४ हजार २ सय चार रुपैयाँ भ्रष्ट्रचार गरिएको पाएको छ । उनै अध्यक्ष वि.क ले भ्रष्ट्रचार गरेका रकम तिर्ने सर्तमा कागज बनाई समतिले निर्णय गरे पश्चात् हिरा लाल थिङको नेतृत्वमा नयाँ समिति गठन भएको थियो । नयाँ समिति गठन भएको भोलिपल्ट वि.क ले किर्ते हस्ताक्षर गरी नयाँ समितिका कसैलाई जानकारी नै नदिई सेन्चुरी बैंकमा रहेको खाताबाट ७१ हजार निकालिएको थियो ।

भ्रष्ट्रचार गरिएको रकम तिर्ने सम्झौता गरे पछि पनि २०७४।७५ को सिंचाइको रु. ७७३४० रुपैयासमेत झ्वामपारी वि.क फरार भएको हो । समिति र उपभोक्ताले फोन गर्दा पनि नउठाउने र बल्लबल्ल उठाए पनि कहिले हेटौँडा, कहिले काठमाडौ भन्दै झुकाइरहेको समितिको एक सदस्यले बताए । उपभोक्तले फोन गर्दा कानुनी रुपमा दर्ता नभएको संस्थाले आफुलाई कुनै कार्वाही गर्न नसक्ने बताउँदै आफु प्रस्तावित नेकपाको जिल्ला सदस्य भएको र दायाबायाँ गर्न खोजे राम्रो हुने भनी वर्तमान अध्यक्ष थिङलाई धम्की दिई भ्रष्ट्रचार गरेको रकम तिर्न आलटाल गरिरहेको समितिले समावेशी अनलाइनलाई बताए ।

अध्यक्ष वि.कले गरेको भ्रष्ट्रचार बारे कालिका नगरपालिकामा समेत जानकारी गराईसकेको र अब उपभोक्तसँग घरजग्गा कब्जा गर्न बाहेक अन्य विकल्प नरहेको बताउँछन् । बिक पहिले देखि नै विवादित छवि बोकेका व्यक्ति हुन्, भने कालिका नगरपालिका ७ भटेनीमा रहेको पृथ्वी उच्च माविको अध्यक्ष उनी भएको बेला अख्तियारले भ्रष्ट्रचार गरेकै आरोपमा कालो सुचिमा राखी कार्बाही गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १७:३८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,