Breaking News

थाहा पाइराख्नोस् : पिताले धूम्रपान गर्दा छोराको वीर्य घट्ने

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार १६:१६

बार्सिलोनाले खेलाडीको तलबमा मात्र एक बर्षमा १०,४५४,२५९ पाउण्ड खर्च

स्पेन/ग्लोबल स्पोर्ट्स सेलरी सर्भेले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार खेलाडीलाई सबैभन्दा बढी तलब सुविधा दिने क्लबमा बार्सिलोना अगाडि देखिएको छ ।

अर्जेन्टिीनी स्टार लियोनल मेसीको कप्तानीमा रहेको स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले अन्य क्लबको तुलनामा सर्वाधिक आम्दानी गरिरकेको सर्भेले देखाएको छ । बार्सिलोनाले खेलाडीको तलबमा मात्र एक बर्षमा १०,४५४,२५९ पाउण्ड खर्च गरेको छ ।

यसैगरी खेलाडीको तलबमा दोस्रो सर्वाधिक खर्च गर्ने क्लब स्पेनकै रियल म्याड्रिड देखिएको छ । रियलले एक बर्षमा खेलाडीका लागि ८,०८९,५८२ पाउण्ड खर्च गरेको देखिएको छ । तेस्रो स्थानमा रहेको इटालियन क्लब युभेन्ट्सले ६,७२६,६१५ पाउण्ड खर्च गरेको छ ।

यसैगरी इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी भन्दा खेलाडीको तलब र सुविधाका लागि म्यानचेस्टर युनाइटेड दानी देखिएको छ । सर्बे अनुसार सिटीका भन्दा युनाइटेडका खेलाडीले बढी कमाई गरेका छन् । सिटीले लिग जितेपनि आफ्ना खेलाडीहरुको तलबमा धेरै खर्च नगरेको उल्लेख छ ।

अघिल्लो सिजन सिटिले खेलाडीको तलव र सुबिधाका लागि ५,९९,३०० पाउण्ड खर्च गरेको थियो । युनाइटेडले भने ६,५३४,६५४ पाउण्ड खर्च गरेको सर्भेले देखाएको छ । प्रिमियर लिगमा खेलाडीका लागि बढी खर्च गर्ने तेस्रो क्लबमा चेल्सी छ ।
चेल्सीले गत सिजन ५,०२०,००४ पाउण्ड खर्च गरेको थियो । यसैगरी लिभरपुलले ४,८६२,९६३ पाउण्ड, आर्सनलले ४,८५३,१३० पाउण्ड र टोट्टनहामले ३,५१५,७७८ पाउण्ड खर्च गरेको सर्बेले देखाएको छ ।

ratopati

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार १६:१६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,