Breaking News

गजल

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १६:०८

खै म पनि बसौं तिम्रो छेउमा अलि उता सर प्यारी
आफूलाई बुझ तिमो आफ्नै सिउँदोको सम्मान गर प्यारी

आखिर के नै छ र यो संसार दुई दिनको चोला हाम्रो
जीन्दगीको दौडानमा मायाको सागर संगै तर प्यारी

किन आतीन्छ्यौ तिमी अनायासै म छुनि साहारा तिम्रो
म हाँस्दा हाँस तिमी मलाई दुखदा आँशुबनी झर प्यारी

समय र परस्थिती संग संघर्ष गरिनै राखा सदैव
तिमी चालक बन हाम्रो जीवनको म बन्छु मटर प्यारी

तिमीले मलाई सम्हाल्दा सम्हाल्दै यदि पन्छीन खोजे म
निर्धक भई यो दुख दायी काँडालाई मुटुबाट उतार प्यारी

तिमी पानी हौ निश्चल त्यसमा रमाउने माछो म
म संगै हाँस बाँच रमामऊ र अन्त्यमा संगै मर प्यारी

खै म पनि बसौं तिम्रो छेउमा अलि उता सर प्यारी
आफूलाई बुझ तिमो आफ्नै सिउँदोको सम्मान गर प्यारी ।।।।।।।।।।

मोहन लामा
रोशी – ५ काभ्रे

M.D Lama Tamang

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १६:०८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,