Breaking News

गीत–संगीतले मान्छेको दुःख, पीडा बिर्साईदिन्छ – जितु

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार १३:०१

गति–संगीतको तरङ्गा जब उठ्छ मानिसहरु क्षणिकका लागि भए पनि आफ्ना सबै पीडाहरु भुलेर रम्न थाल्छन् । मानिसका गीत–
संगीतहरु सुन्ने अनेक धारणहरु हुन्छन् । ती मध्ये कोही आफ्नो पीडा भुलाउन त कोही गीत संगतिबाट नयाँ उर्जा आफुमा भर्न र मनोरञ्जनको लागि  गीत गाउने र सुन्ने गर्छन् । यो हप्ताको कला संवादमा एक जना गायिका हुनुहुन्छ, जो छोटो समयमा नै तामाङ तथा सेलो गीतको क्षेत्रमा एकदम चर्चित गायिकाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन् । पछिल्लो समयमा तामाङ चलचित्रहरुमा उनको स्वर धेरै नै रुचाइएको छ । साथै म्हेन्दो मायाँ र नेपाली आधुनिक गीतमा पनि आफ्ना सुमधुर स्वर दिएर एउटा अमिट छापसहित उनले आफुलाई उभ्याइसकेकी छिन् । ती हुन् गायिका जितु लोप्चान । गायिका लोप्चनको जन्म काभे्र जिल्ला पाँचखाल नगरपालिकाको खावास्थित बुबा बुद्ध  लामा र आमा साहिली लामाको कोखबाट भएकी हुन् । प्रस्तुत छ, उनै लोप्चानसंग इकमान लामाले गीत–संगीतको विषयमा गरिएको कुराकानी:
नयाँ गीत ल्याउने तयारी गर्दै हुनुहुन्छ ?
सिङ्गल एल्बम ल्याउने तयारीमा छु ।
पहिलो पटक रेर्कड अर्थात गाउनु भएको गीत कुन हो, र गाउँदाको क्षण कस्तो  भयोे ?
‘चौबन्दी चोली मेरो नाकैमा बुलाकी’ मेरो पहिलो अफिसियल रेकर्डिङ हो । पहिलो पटक भएकोले अलि नर्भस फिल भएको थियो ।
गायिका बन्नु अघि तपाईलाई अरु केही भन्ने रहर थियो होला नि ?
सबैको एउटा सपना हुन्छ मेरो पनि नर्स बन्ने रहर थियो तर त्यो पूरा भएन । त्यो रहर रुपान्तरण भएर आज गायिका भनेर चिनिएकी छु ।
त्यो सोच कसरी आयो की म अब गायिका बन्छु ?
काभ्रे आईडलमा सहभागी भए पश्चात् मलाई प्रेरणा र अवसर दुबै मिलेको कारण यो क्षेत्रमा स्थापित भए । खासगरी यो सोच भन्दा नि अबसरको सृजना हो ।
गायनबाट जीविका चलाउन कठिन छ भनिन्छ नि, तपाईलाई चाहिँ के लाग्छ ?
मलाई चाँहि त्यस्तो लाग्दैन किनकी पछिल्लो समय गीत–संगीतको क्षेत्र पनि ब्यबसायिक रुपमा बिकसित हुँदै गएको छ । सायद यहि समयमा मैले यो ठाँउमा प्रवेश गर्नले मलाई यस्तो लागेको पनि हुन सक्छ तर मलाई सहज नै छ ।
देश विदेशमा हुने कार्यक्रमहरुमा कतिको अवसर पाउनु भएको छ ?
ठिकै अवसर पाएकी छु ।
तपाईको जीवनमा कुनै घटना घटेको छ, जुन प्रयाःजसो सम्झनामा आइरहन्छ ?
वि.स. २०७३ सालमा ल्होछार कार्यक्रमको शिलशिलामा कार्यक्रम सकेर  डाँडापरीबाट फर्किने क्रममा भएको डरलाग्दो दुर्घटना जसलाई म बारम्बार सम्झेर झस्किन्छु ।
तपाई कसको गायन वा गायिकीबाट प्रभावित हुनुहुन्छ, किन ?
अरुणा लामा, किनकी मलाई उहाँको भोकल अत्यन्तै मन पर्छ ।
अहिले गीत–संगीतमा कतिको सुधार भएको छ जस्तो लाग्छ ?
पहिला भन्दा धेरै कुरा सिकेको र सुधार भएको महसुस गरेकी छु ।
यो क्षेत्रमा आउन चाहाने नयाँ पिँडीलाई के सुझाव दिनु हुन्छ ?
गीत–संगीत एउटा त्यस्तो माध्यम हो, जसले मान्छेको दुःख, पीडा बिर्साईदिन्छ तर त्यसलाई आफुले बुझेर मनन गरेर अगाडि बढाउन सक्यो भने मात्र यो सम्भब छ । त्यसैले गित–संगीत सिकेर यो क्षेत्रमा लाग्नु पर्छ भन्ने मेरो सुझाब हो ।
अन्त्यमा 
आफ्नो विचार राख्ने यो सुनौलो अवसर प्रदान गरि दिनु भएको  धेरै धेरै धन्यवाद ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार १३:०१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,