Breaking News

गूगलमा ‘इडियट’ शब्द खोज्दा ट्रम्पको फोटो आउँछ, किन ?

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १८:०४

काठमाडौं / तपाईं गूगल इमेजमा अंग्रेजी शब्द ‘इडियट’ सर्च गरेर खोज्नुस् त । सबभन्दा शुरूमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको तस्वीर आउँछ ।

किन यसो हुन्छ ?

गूगल इमेज सर्चमा इडियट अथवा बेवकुफ टाइप गर्दा ट्रम्पको जुन तस्वीर देखिन्छ त्यो बेबीस्पिटल नामक अमेरिकी ब्लग साइटको हो । त्यो वेबसाइटमा इडियट हेडलाइनमा एउटा लेख छ जुन सन् २०१७ मे १२ को हो । यो वेबसाइट एक वर्षदेखि सक्रिय छैन ।

खासमा गूगल कीवर्ड र एल्गोरिदममा काम गर्छ । गूगलले कीवर्डको प्रयोग गरिएका तस्वीरलाई सबभन्दा पहिले देखाउँछ ।

त्यसो त गूगलमा इडियट सर्च गर्दा ट्रम्पको मात्र नभई वैज्ञानिक आइन्सटाइनको पनि तस्वीर आउँछ । demonofmarketing.com नामक वेबसाइटले The Difference Between a Genius and an Idiot नामक लेखमा न्युटनको तस्वीर हालेको छ । इडियट कीवर्डलाई धेरै मानिसले न्युटनको तस्वीरसँग जोडेर अप्लोड गरेको हुनुपर्छ ।

एजेन्सी

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १८:०४

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,