Breaking News

घरमै बसेर यसरी कमाउन सकिन्छ अनलाइनबाट पैसा (आजै थाहा पाइ राखौ )

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०८:०२

काठमाडौं । आजको यो सूचना र प्रविधिको युगमा इन्टरनेट र कम्प्यूटरले ठूलै क्रान्ति गरिदिएको छ । यतिसम्म कि मानिसहरु कुनै अफिससम्मै नगई घरै बसेर समेत आफ्ना प्रतिभा उपयोग गरेर पैसा आर्जन गर्न सक्ने परिस्थितिको विकास हुँदै गइरहेको छ । त्यसैमध्येका यी केही अनलाइन कामहरु छन् जुनबाट तपाईं एक लाखसम्म कमाउन सक्नुहुन्छ ।

१. प्रश्नको उत्तर दिने र अडियोलाई अक्षरमा रुपान्तर गर्ने काम
अनलाइन पैसा कमाउनका लागि यो पनि सहज काम हो । प्रश्नहरुको उत्तर दिने र अडियो फाइल्सलाई टेक्स्ट अर्थात् अक्षरमा उतार्ने काम हो यो । यो काम केवल तिनीहरुको लागि उपयुक्त हुन्छ जोसँग सूचनाको भण्डार नै छ । त्यस्तै विभिन्न किसिमका जानकारी र विशेषज्ञता राख्नेहरुका लागि त यो काम एकदमै महत्वपूर्ण हुन्छ । तलका वेबसाइटहरुबाट कतिपय विज्ञ÷वेत्ताहरु हरेक हप्ता झण्डै ५० हजारको हाराहारीमा कमाउने गर्छन् ।

वेबसाइट्स : http://ats.justanswer.com/landing र https://scribie.com/freelance-transcription

२. अनलाइन पर्सनल असिस्टेन्ट (पीए) र रिसर्चर
आफ्नो विशेषज्ञताद्वारा तपाईं यदि कसैलाई कुनै काममा सहयोग गर्नसक्नुहुन्छ भने तपाईंले त्यसो गरेर पैसा पनि कमाउन सक्नुहुन्छ । विश्वभर नै वर्क आवर (काम गर्ने समय) बढ्ने र कतिपयले काम नै नपाउने हुँदा यी दुईबीच सन्तुलन मिलाउन सकिन्छ । सोहीका लागि ती व्यक्तिहरुलाई सहयोग गर्ने काम तपाईं पाउन सक्नुहुन्छ । जस्तै कसैको मेल चेक गरिदिने, अनलाइन शपिंग गरिदिने र क्लाइन्टहरुलाई फोन गरिदिने जस्ता कामहरु यसअन्तर्गत पर्दछन् । यदि साँच्चै तपाईं यी कामहरु गर्न चाहनुहुन्छ भने तलको लिंकमा क्लिक गरेर जानकारी लिन सक्नुहुन्छ ।

वेबसाइट्स : https://www.upwork.com/o/jobs/browse/skill/virtual-assistant/ र https://www.elance.com/r/jobs/cat-admin-support/sct-virtual-assistant-10243

३. गेम खेलेरै पैसा कमाउनुहोस्
कतिपय यस्ता अनलाइन गेमहरु छन्, जुन खेलेबापत तपाईं पैसा कमाउन सक्नुहुन्छ । यसरी कमाएको पैसा तपार्इं आफ्नो एकाउन्टमा ट्रान्सफर गरेर नोटमै बदल्न सक्नुहुन्छ । उदाहरणको लागि यदि तपाईं अनलाइन फन्टासी गेम वल्र्ड अफ वारक्राफ्ट खेलेर ३०,००० गोल्ड युनिट्स कमाउन सक्नुहुन्छ भने यसलाई एक्स्चेन्ज गरेर २० अमेरिकी डलर अर्थात् झण्डै २००० नेपाली रुपैयाँ कमाउन सक्नुहुन्छ ।

वेबसाइट्स : http://us.battle.net/wow/en/
४. आफूले खिचेका फोटो बेच्नुहोस्, पैसा लिनुहोस्
तपाईं यदि उत्कृष्ट फोटोग्राफर हुनुहुन्छ र दिलचस्पी फोटो खिच्न माहिर हुनुहुन्छ भने आफूले खिचेका फोटोहरु अनलाइनमा बेच्न पनि सक्नुहुन्छ । कलाकार र फोटोग्राफरले स्केच र फोटो बेचेर पैसा कमाउन सकिन्छ । तलका वेब हेर्नुहोस् र यससम्बन्धी थप बुझ्नुहोस्

वेबसाइट : https://www.fotolia.com/Info/Contributors र http://www.deviantart.com/sell/
५. अनलाइन प्रडक्ट बेच्ने काम
यदि तपाईं ईकमर्स कम्पनीको लागि मार्केटिंग वा प्रडक्ट बेच्ने काम गर्नुहुन्छ भने यसबाट तपाईं पैसा कमाउन पनि सक्नुहुन्छ । अमेजन र फ्लिपकार्ट जस्ता ईकमर्स कम्पनीहरुले २ देखि १२ प्रतिशतसम्म तपाईंलाई कमिसन दिन्छन् । तपाईं जुन कम्पनीको लागि काम गर्न इच्छुक हुनुहुन्छ, तलका सम्बन्धित कम्पनीको वेब क्लिक गरेर थप जानकारी लिनसक्नुहुन्छ । उल्लिखित कम्पनीको वेबमा लगइन गरेर कुनै प्रडक्टको लागि युनिक लिंक बनाउनुपर्छ त्यसपछि तपाईंले आफ्ना साथीहरुमा त्यसलाई पठाउनसक्नुहुन्छ वा आफ्नो ब्लग, फोरम वा वेबमा राख्नसक्नुहुन्छ । जब त्यो लिंकको माध्यमबाट किनबेच हुन्छ, त्यसबाट तोकिएको कमिसन तपाईंको एकाउन्टमा जम्मा हुनजान्छ ।

वेबसाइट्स : http://www.flipkart.com/affiliate र https://affiliate-program.amazon.in
६. अनलाइन टिचिंग्स जब
तपाईं इन्टरनेटबाटै पढाएर पनि पैसा कमाउन सक्नुहुन्छ । कतिपय विषयमा तपाईं खास विज्ञता हासिल गरेको हुनुहुन्छ भने अनलाइनमा त्यसबारे ट्युसन पढाएर पनि कमाउन सक्नुहुन्छ । हरेक दिन आठ घण्टा पढाएर एक लाखसम्म यसबाट कमाइ हुनसक्छ । तलका दुई भारतीय वेबसाइट्स उदाहरणका लागि दिइएको छ

वेबसाइट्स : https://www.vedantu.com/become-a-teacher र http://www.tutorvista.com/teaching-jobs

एजेन्सीबाट

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०८:०२

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,