Breaking News

घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०८:५३

कात्तिक ६, काठमाडौं । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ ।

पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् ।

तीन वर्ष अघिको भूकम्पबाट तहसनहस भएको काठमाडौं पुनर्निर्माणपछि पर्यटकहरुलाई स्वागत गर्न तम्तयार रहेको लोन्ली प्लानेटले जनाएको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।

साथै हर्न निषेध गरिएको, ऐतिहासिक क्षेत्रहरुमा गाडी प्रवेश गर्न बन्देज गरिएको, मध्यकालीन वास्तुकलाले सजिएको र रात्रि जीवन तथा खानाको लागि पनि काठमाडौं घुम्नलायक रहेको भनेर व्याख्या गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०८:५३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,