Breaking News

चलचित्र ‘लिलिबिलि’ बाट ह्याट्रिक गर्ने दाउमा प्रदिप

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ११:५७

 

चैत, काठमाडौ / यतिबेला नायक प्रदिप खड्का बक्स अफिसमा लगातार तेश्रो हिट चलचित्र दिएर ह्याट्रिक गर्ने दौडमा लागेका छन् । अघिल्लो दुई चलचित्र हिट भएपछि चम्किएका प्रदिप बक्स अफिसमा ह्याट्रिक गर्ने दौडमा लागेका हुन् ।

शुक्रबारदेखि चलचित्र ‘लिलिबिली’ रिलिज हुने भएको छ । यदि यो चलचित्रले इनिसियल व्यापार राम्रो गरेको खण्डमा प्रदिपको स्टारडम पनि बढ्नेछ ।

केहि कलाकारको स्टारडमकै कारण दर्शक हलमा आएको देखेपछि प्रदिप पनि आशावादी छन् ।

चलचित्रको मोफसलका विभिन्न शहरमा आयोजना गरिएको कन्सर्टमा दर्शकको उपस्थिती बाक्लो देखियो । यसैले, पनि उनी हलमा दर्शकको भीड लाग्नेमा आशावादी देखिएको हुन् ।

चलचित्र ‘लिलिबिलि’को निर्देशक मिलन चाम्स, निर्माता गोविन्द शाही र सुदिप खड्का हलमा दर्शकको भीड लाग्नेमा ढुक्क छन् ।

यस चलचित्रमा प्रदिपले महंगो पारिश्रमिक लिएर काम गरेकाले पनि उनीमाथि निर्मातालाई सुरक्षित राख्नुपर्ने दबाब छ । अर्कोतिर, लगातार तेश्रो चलचित्र पनि हिट दिएर ह्याट्रिक गर्ने अवसर उनीमाथि छ ।

यो चलचित्रमा नायिका जसिता गुरुङ र प्रियंका कार्कीको पनि मुख्य भुमिका छन् । चलचित्रले कस्तो व्यापार गर्ला या लगानी सुरक्षित गर्छ वा गर्दैन त्यो भने केही दिनको प्रतिक्षापछि नै थाहा पाउने छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ११:५७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,