Breaking News

 

चैत २७, काठमाडौं / चीनले केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग निर्माणमा चासो देखाउँदै यसको स्थलगत अध्ययन गरेसंगै भारतले पनि नेपालमा रेलमार्ग निर्माण गर्ने समझदारी भएको छ ।

राजकीय भारत भ्रमाणमा गएका बेल प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भारतको सहयोगमा रक्सौल काठमाडौं रेलमार्ग निर्माण गर्ने समझदारी भएको हो ।

दुवै देशले अहिले काठमाडौंसम्म जोड्ने रेलमार्ग निर्माणमा चासो बढाएका छन् । र, यसमा लगानी गर्न समेत चाहेको देखिन्छ ।

केरुङसम्म रेलमार्ग सन् २०२२ सम्म निर्माण हुने भने पनि केरुङदेखि काठमाडौंसम्म आइपुग्ने रेलमार्ग कहिले निर्माण हुन्छ भन्ने चाहिँ अहिलेसम्म टुंगो लागेको छैन ।

यो रेलमार्ग करिब ९० प्रतिशत सुरुङ र पुलमा बनाउनुपर्छ । यसको स्थलगत अध्ययन गरेको ५ महिना बित्यो । तर, गत कात्तिकमा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वमा आएको २३ सदस्यीय टोलीले अध्ययनपछि भौगोलिक रुपमा केरुङ काठमाडौं रेलमार्ग निर्माण सम्भव छ भनेर भनिसकेको छ । सम्भव छ भनिए पनि यसको निर्माण प्रक्रिया भने अहिलेसम्म अघि बढाइएको छैन ।

केरुङदेखि काठमाडौंसम्म ७२ किमी रेलमार्ग

चीनले केरुङसम्म रेलमार्ग सन् २०२२ सम्म निर्माण हुने भने पनि केरुङदेखि काठमाडौंसम्म आइपुग्ने रेलमार्ग कहिले निर्माण हुन्छ भन्ने चाहिँ अहिलेसम्म टुंगो लागेको छैन ।

केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग निर्माण गर्ने हो भने यो करिब ७२ किमी लामो हुन्छ । केरुङदेखि स्याफ्रुबेसी हुँदै काठमाडौं आउने रेलमार्ग करिब ९० प्रतिशत सुरुङ र पुलमा बनाउनुपर्छ । उत्तर क्षेत्रबाट आउने रेलले हिमाल, पहाड र ठूला खोचहरु पार गर्दै आउनुपर्छ । जसमा सुरुङ र पुलहरुको निर्माण गर्नुपर्ने हुन्छ ।

वीरगञ्ज काठमाडौं खण्डको २० प्रतिशतमा सुरुङ र पुल

रक्सौलबाट वीरगञ्ज, निजगढ र बागमती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिन्छ ।

रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्ग करिब १ सय १३ किलोमिटर लामो हुन्छ । जुन केरुङ हुँदै काठमाडौं आउने रेलमार्ग भन्दा लामो हुन्छ । तर, यो रेलमार्ग भने करिब २० प्रतिशत मात्रै सुरुङ र पुलमा निर्माण गर्नुपर्छ ।

२ वर्षमा वीरगञ्जदेखि काठमाडौसम्म रेलमार्ग निर्माणका लागि खोस्रने कामसम्म सुरु गर्न सकिन्छ । तर, टेण्डर आहृवान गरेर कम्पनी छनोट गर्नका लागि अहिले सरकारी निकायहरुले ७ देखि ८ महिना लगाउने गरेको देखिन्छ ।

हालैमात्रै नेपाल–भारत दुई देशका प्रधानमन्त्रीका वीचमा एक वर्षभित्रै यसको सर्वे गरिसक्ने सहमति भएको छ । साथै यसको निर्माणका लागि डीपीआर र फन्डिङ मोडालिटी तयार गर्ने पनि सहमति भएको छ ।

टेबल वर्कमा सीमित

चीनतर्फको रेलमार्ग निर्माण भने कहिले अघि बढ्ला भनेर आँकलन गर्न सक्ने स्थिति छैन । तर, केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि कामै अघि नबढेको चाहिँ होइन ।

रेल विभागका एक उच्च अधिकारीका अनुसार चीनले अहिले आफै केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बनाउनका लागि ‘टेबल वर्क’ गरिरहेको छ । चीनले सर्वे र डीपीआरको काम सबै आफूले अघि बढाउने गरी अध्ययन गरिरहेको उनले जानकारी दिए ।

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसको मोटामोटी तथ्यांक रेल विभागसँग मागेको छ । किनकि यसका बारेमा मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच अहिले छलफल चलिरहेको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार १०:४०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,