Breaking News

चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन दार्जिलिङको मिरिकमा

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १२:५२

सम्मेलनबाट परिषद्को तामाङ संस्कृति संस्कार निर्देशिका र बौद्ध पात्रो पारित गरिने

कार्तिक १६, काठमाडौँ । चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन भारतको दार्जिलिङको मिरिकमा हुने भएको छ । विश्वभरका तामाङहरुको छाता संगठन अन्तराष्ट्रिय तामाङ परिषद्ले पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो ।

परिषद्ले ‘विश्वभरका तामाङ एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित आगामी मंसिर २८, २९ र पुस १ गते सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । सम्मेलनमा विश्वभरीका तामाङ संघसंस्थाका प्रतिनिधि सहभागी हुने परिषद्का अध्यक्ष महेन्द्रजंज तामाङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले आफुहरुले एक देश एक संगठनको हिसाबले सम्मलेनमा सहभागिताका लागि आह्वान गरेको बताए । उनका अनुसार सम्मेलनमा कम्तीमा २१ देशका प्रतिनिधि सहभागी हुने छन् ।

सम्मेलनबाट परिषद्को संशोधित विधान, तामाङ संस्कृति संस्कार निर्देशिका र बौद्ध पात्रो पारित गरिने उनको भनाई छ । सम्मेलनको उद्घाटन भारत पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले गर्नै बताएको छ ।

सम्मेलन व्यवस्थापनको जिम्मेवारी अखिल भारतीय तामाङ बौद्ध संघको नेतृत्वमा गठित व्यवस्थापन समितिलाई दिइएको अध्यक्ष तामाङले बताए । तामाङ जातिको संस्कृति अझ समृद्ध बनाउन र पुर्खाले आर्जेको सीप नयाँ पुस्तालाई पुस्तान्तरण गर्न मिरिक सम्मेलन केन्द्रित हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १२:५२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,