Breaking News

च्याम्पियन्स लिगमा रियलको कीर्तिमानी जित, बन्यौ अनौठो रेकर्ड

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १३:१९

वैशाख १३, काठमाडौं / च्याम्पियन्स लिगमा वायर्न म्युनिखलाई २–१ ले हराउँदै रियल मड्रिडले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

खेलमा घरेलु टोली वार्यनले २८ औं मिनेटमा जोसुवाले पहिलो गोल अग्रता लिएको थियो । तर ४४ औं मिनेटमा रियलले बराबरी गर्न सफल भयो । मार्सेलोले हाफ भली गोल गर्दै रियललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका हुन् ।

दोस्रो हाफमा रियलका लागि असेन्सियोले ५७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । क्रिष्टियानो रोनाल्डोले वार्यनविरुद्ध पनि ७१ औं मिनेटमा गोल गरेका थिए । तर रेफ्रीले ह्यान्ड बल भनेर मान्यता दिएनन् ।

खेलमा वार्यनले मड्रिडको कमजोर रक्षापंतीको फाइदा उठाउँदै गोल गर्ने केही मौका सिर्जना गरेको थियो तर सफल हुन सकेन । च्याम्पियन्स लिगमा रियल मड्रिडसँग वार्यन यससँगै ६ पटक हारेको छ ।

यो जितसँगै रियलले लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । वायर्नको यात्रा भने कठिन देखिएको छ ।

लिगमा अनौठो रेकर्ड

च्याम्पियन्स लिगमा रियलको यो १५० औं जित हो । लिगमा यति धेरै जितको रेकर्ड राख्ने रियल पहिलो क्लब बनेको छ । तर च्याम्पियन्स लिगमा लगातार धेरै पटक हारेको रेकर्ड भने वायर्नको नाममा लेखिएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १३:१९

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,