Breaking News

जनकपुरमा ब्रोडगेज रेल, भारबहन क्षमता परीक्षण सफल

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १०:१८

असोज २५, जनकपुर । बुधबार निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर रेल जनकपुर आएको रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर जयनगरदेखि जनकपुर आएको रेलको भार बहन क्षमताको परीक्षण सफल भएको हो ।

परिक्ष सफल भएकोले केही महिनाभित्र नै औपचारिक रुपमा ब्रोडगेज सन्चालन आउन सक्ने रेल विभागका इन्जिनियर अमन चित्रकारले जानकारी दिए ।

‘रेलवे बनाउन आवश्यक निर्माण सामाग्री पनि आयो, अहिलेसम्म बनाइएको लिकले भार थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण पनि भयो,’ चित्रकारले भने, ‘अब यही २०१८ को अन्तिमसम्ममा रेल औपचारिक रुपमा सन्चालनमा आउनसक्छ ।’

भारत बिहारको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर लामो लिक बिछ्याएर रेल चलाउने तयारीअनुसार काम भइरहेको छ । तर तत्काललाई जनकपुरदेखि कुर्थासम्म ३४ किलोमिटर खण्ड निर्माण गरेर भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । जग्गा प्राप्तिको प्रक्रिया सकिएलगत्तै बर्दिवास खण्डमा पनि रेल मार्ग निर्माण सुरु हुने छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १०:१८

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,