Breaking News

काठमाडौलाई कर्मभुमि बनाई कलाकारिताको क्षेत्रमा सक्रिय रुपमा लागिरहेका मोडल तथा गायक सोयल लामा थिङ मकवानपुरको बकैँया गाउँपालिका–३ हात्तिसुँडेको हुन् । वि.स. २०५१ सालमा जन्मिएका उनी बुबा डिल्ली बहादुर थिङ र आमा चन्द्रकुमारी थिङको कान्छा छोरा हो ।
सानै देखि कलाकारिता क्षेत्रमा खुब रुची भएको बताउने उनी अचेल गायन र अभिनयमा निकै व्यस्त देखिन्छन् । प्रस्तुत छ,  गायक थिङसँग इकमान लामा ‘इमाला’ले गरिएको कुराकानीः
आजभोली केमा व्यस्त हुनुहुन्छ ?
गित–संगिततिरै ब्यस्त छु ।
कसको प्रेरणाबाट कलाकारिता क्षेत्रमा लाग्नुभयो ?
यही भन्ने छैन । विशेष गरि चाहिँ हाम्रो आफ्नै मौलिक कला–साँस्कृतिलाई मर्न दिनु हुदैन । यसलाई गीत–संगिताको माध्यमबाट भएपनि जोगाउनु पर्छ भन्ने सोचले नै यो क्षत्रमा आएको हो । साथमा यो क्षेत्रमा आउनुको पछाडि पुर्खाहरुलाई पनि सम्झिन चाहान्छु ।
तपाइलाई कस्तो खालको गीत गाउन तथा अभिनय गर्ने मन छ ?
मलाई आफ्नै देशको भाषा, धर्म, संस्कृतिसँगै पुर्खाको इतिहास बोकेको गीत–संगिता मन पर्छ । अझ भन्नु पर्दा आफ्नै पहिचानबारे  बनेको  सेलो जुहारीहरुमा गीत गाउन र अभिनय गर्न असाध्यै मन पर्छ ।
गायन तथा मोडलबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै खुसी छु । मान्छेलाई जाड रक्सीको नसा लागे जस्तै मसँग  गीत–संगित र अभिनयको नसा बढी छ । म मेरो अधिकांश समय यसैमा वितिरहेको हुन्छ भने असन्तुष्ट हुने कुरौ छैन नि ।
 
कलकारिताबाटै बाँच्न कठिन छ भनिन्छ नि, आफुलाई के लाग्छ ?
हो, कलाकारिता क्षेत्र सोचे जस्तो छैन । यसबाट बाँच्न गह्रौँ र सजिलो दुवै छन् ।  जो कोहि कलाकारको एउटै चाहाना हुन्छ कि आफु सबै भन्दा टप आइडल बन्ने तर सबैले त्यो पुरा गर्न सक्दैन । म पनि एक संघर्षकै क्रममा रहेको कलाकार हुँ । तैपनि प्रोग्रामहरुबाट अलि–अलि  बाईकमा तेल हाल्न र पेट पाल्न केही हदसम्म सहज भएको नै छ । जे जस्तो भए पनि आफ्नो ब्याक राउन्डमा एउटा न एउटा पेसा चाहिँ हुनु पर्छ  । ताकि पछि यो क्षेत्रबाट अगल हुदाँ पनि कुनै कठिनाइ नहोस । भोलिको दिन कसले देख्न सक्छ र ।
पहिलो पटक गीत गाउँदा र अभिनय गर्दाको क्षण याद छ, र कस्तो थियो ?
हजुर एकदमै । आफ्नै गाउँ ठाउँलाई समेटेर गाएको गीतको धेरै नै याद छ । जुन मैले पहिलो पटक नै गाउन पाए । यस अर्थमा आफुलाई भाग्यमानि ठानेको छु ।
अभिनयमा आफू भन्दा अग्रज व्यक्तिबाट शुरुवात दिनहरुमा सिकेको कुराहरु अहिले पनि ताजै छ । आगामी दिनमा पनि उहाँको साथ र सहयोगको अपेक्षा गर्दछु ।
केही नयाँ योजना पनि होलान् नि ?
हाल गीत–संगितलाई नै निरन्तर दिइरहेको छु । जस्तो सुकै दुख, सुख पनि यसैलाई निरन्तरता दिनेछु । यो क्षेत्रलाई विचैमा त्याग गर्छु भनेर चाहिँ एक प्रतिशत पनि सोचेको छैन ।
तपाई कसको गायन र अभिनयबाट धेरै प्रभावित हुनुहुन्छ ?
म मंगोलियन हर्ट  राजु लामाबाट प्रभावित छु भने विग फ्यान हुँ । उहाँको हरेक गीत सुनेको छु । सायद मैले भेटेसम्म कुनै छुटाएको छैन । उहाँको गीतबाट केही नयाँ सिक्ने अबसर मिलेको छ ।
फुर्सदको क्षणमा के गर्नु हुन्छ ?
विशेष गरीव फुर्सदमा आफ्नै संस्कृति सम्बन्धीको गीतहरु  कम्पोज गर्छु । समग्रमा भन्नु पर्दा गीत–संगीत मै हुन्छु ।
कलाकारिता क्षेत्रको भविष्य कस्तो देख्नु भएको छ ?
भविष्यावाणी त गर्न सक्किन्न तर पनि कहिले काँही गम्भीर भएर सोच्छु । गर्वका कुरा नेपालमा पनि अहिले  नवकलाकारहरुको लागि धेरै राम्रो अबसर सिर्जना भएका छन् । देशमा द व्बाइस अफ नेपाल र नेपाल आइडल जस्ता शोहरु भित्रिएका छन् । जसले कलाकारिता क्षेत्रमा आउन चाहानेहरुको लागि उर्जा थपिएको छ ।
अन्त्यमा केही भन्नु छ, की ?
मलाई आफ्नो कुराहरु राख्ने अबसर दिनु भएकोमा धन्यवाद । कलाकार र गीत–संगितलाई माया गर्नु हुन आम दर्शक स्रोतलाई अनुरोध गर्दै डाँडापारि सन्देश हेर्नु हुने पाठक वर्गमा हार्दिक आभार प्रकट गर्दछु  । जय गीत, जय संगित, थेजेछे ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १६:१६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,