Breaking News

तामाङ डाजाङको १७७ औं साहित्यिक कार्यक्रम सम्पन्न

प्रकाशित मिति : ३० असार २०७५, शनिबार २१:०३

असार ३०, काठमाडौ । तामाङ भाषा र साहित्यमा संस्था तामाङ डाजाङको १७७ औं ग्योइकाइ गेताङ (साहित्यिक कार्यक्रम) काठमाडौंको मानबिकी क्याम्पस (आर.आर.) मा आज (शनिवार) सम्पन्न भएको छ् ।

कार्यक्रममा तामाङ भाषामा कविता, गजल, विभिन्न गीत, मौलिक फापारे गीतसंगै निबन्ध लेखन सम्बन्धी प्रशिक्षण, डाजाङले असार १५ र १६ गते ललितपुरको कोन्ज्योसोम गापा–२ शंखुमा आयोजना गरेको साहित्यिक यात्राको भिडियो प्रर्दशन र यात्रामा संलग्न स्रष्टाहरुलाई प्रशंसा पत्र समेत बितरण गरेको थियो ।
कार्यक्रममा बुद्धराम थिङ, इश्वर थोकर, ढकबहादुर घिसिङ, रचना मोक्तान, कबिराज काल्तान, प्रेमलाल दोङ, राम बि.लामा, इकमान लामा, धनकुमारी घिसिङ, मिलन ब्लोन, मणिक गोले, बिबेक लोप्चन, छबिलाल ग्लान, हिरामाया घिसिङ, राजु मोक्तान, राजकुमार ग्याबा, पारस लामा र बिसाल घिसिङ लगायतले रचना प्रस्तत् गर्नु भएको थियो ।

त्यसैगरी साहित्यकार एवं लेखक मुक्तान थेबाले निबन्ध लेखन सम्बन्धी प्रशिक्षण दिनु भएको थियो र तामाङ डाजाङका सल्लाहकार द्धय इन्द्र कुमार तामाङ र बुद्ध योन्जन लामाले यात्रामा सहभागीहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रम तामाङ डाजाङका अध्यक्ष सन्चु ब्लोनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार २१:०३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,