Breaking News

त्रैविद्या फाउन्डेशनद्धारा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न ।

हरिराम पौडेल प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार १७:१७

विशेष गरी बाल अधिकार तथा बाल मानवअधिकार सम्बन्धी कार्यक्रम, बालबालिकाको शिक्षा, स्वास्थ्य, सरसफाई सम्वन्धी कार्यक्रम तथा बालबालिकाको बौद्धिक विकासको लागी अन्तर विद्यालय स्तरीय विभिन्न कार्यक्रम आयोजना गर्ने उद्देश्यले स्थापित सामाजिक र परोपरकारी संस्था त्रैविद्या फाउन्डेशनले त्रैविद्या शिक्षा सदन संगको सहकार्यमा काठमाण्डौको संखमुलमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


स्त्री रोग विशेषज्ञ डा. जिज्ञासा सुवेदीले शिविरमा आएका महिलाहरुको परीक्षण गर्नुका साथै पाठेघरको मुखको क्यान्सरको बारेमा जानकारी गराएकी थिइन् । सानै उमेरमा विवाह भएका, सानै उमेर देखि शारिरिक सम्वन्धमा अभ्यस्त भएका, एक जना भन्दा बढि पुरुष संग शारिरिक सम्वन्ध कायम गर्ने गरेका महिलाहरुलाई पाठेघरको क्यान्सर हुने सम्भावना बढि हुने भएकोले असल यौनजन्य व्यवहारले अपनाउनु पर्ने उनको सुझाव रहेको छ । शिविरमा स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो । प्रसुति गृह थापाथलीमा कार्यरत डा. सुवेदी संस्थाको कार्य समितिको सदस्य समेत हुन् ।


चिसो मौसम सुरु भए संगै विशेष गरी बालबालिकाहरुमा नाक, कान, घाटीको समस्या देखिने भएकोले संस्थाले नाक, कान, घाटी रोग विशेषज्ञ डा. जयन्द्र प्रधानाङ्ग मार्फत नाक, कान, घाटीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको संस्था कि अध्यक्ष संगीता श्रेष्ठले बताइन् । त्रैविद्या शिक्षा सदनमा अध्ययनरत बालबालिका तथा स्थानीय बालबालिकाले नाक, कान, घाटी परीक्षण गराएका थिए ।


साथै उपत्यकामा भएको रगतको अभावलाई मध्यनजर गरेर रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको थियो । रक्तदान कार्यमा धेरै व्यक्तिले नाम लेखाए पनि विभिन्न स्वास्थ्य समस्याको बावजुद आँफू समेत २५ जनाले रक्तदान गरेको संस्थाका महासचिव डा. राँविन गुप्ताले बताए । संस्था स्थापनाको सुरुवाती दिनमा गरिएको यो सामाजिक र परोपकारी कार्यलाई आगामी दिनमा अझ व्यवस्थित र वृहत रुपमा अगाडी बढाउने बताउदै महासचिव गुप्ताले यो परोपकारी कार्यमा साथ दिने सबै प्रति धन्यवाद व्यक्त गरे ।


त्रैविद्या फाउण्डेशन भर्खरै मात्र जिल्ला प्रशासन, काठमाण्डौंमा दर्ता भई समाज कल्याण परिषद्मा समेत आवद्ध भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार १७:१७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,