Breaking News

थाहा पाइराख्नोस् : पिताले धूम्रपान गर्दा छोराको वीर्य घट्ने

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार १६:२२

काठमाडौं / चुरोट पिउँदा आफ्नो स्वास्थ्य मात्र नभई भविष्यको पुस्ताको स्वास्थ्यमा समेत हानि पुग्ने एक अनुसन्धानले पत्ता लगाएको छ ।

आफ्नी पत्नी गर्भवती हुँदा चुरोट पिउने पुरुषको छोराको शुक्राणुको संख्या आधी हुने अध्ययनले देखाएको हो । स्विडेनको लन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले देशका १७ देखि २० वर्ष उमेरका १०४ व्यक्तिमाथि यो अध्ययन गरिएको हो ।

अनुसन्धानकर्ताहरूका अनुसार, गर्भवती महिला निकोटिनको सम्पर्कमा आउँदा गर्भमा भएको बालकको शुक्राणु संख्या ५१ प्रतिशत कम भएको पाइयो ।

विश्वविद्यालयका अनुसन्धानकर्ता जोनाथन एक्सेल्सनले भने, ‘आमाले ध्रूमपान नगरेपनि वा निकोटिनको सम्पर्कमा नआएपनि धूम्रपान गर्ने पिताका बच्चाको शुक्राणु संख्याको स्तर एकदमै कम देखियो ।’

तर शुक्राणुमा हुने कमी र वीर्यसम्बन्धी अन्य मापदण्डमा हुने कमीमा वातावरण पनि प्रमुख कारण हो ।

एजेन्सी

 

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार १६:२२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,