Breaking News

काठमाडौं । सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ ।

एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तंगि्रन सकेकी छैनन् भन्ने सोमवार प्रष्टै देखियो ।

तीन वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् ।

सोमबार प्रकाश दाहालको प्रथम स्मृतिको सन्दर्भमा प्रचण्ड निवास खुमलटारमा आयोजित श्रद्धान्जली कार्यक्रममा पनि सीतालाई सम्हालिन दुई छोरी रेणु र गंगाले मात्र सकेनन् ।

प्रचण्ड आफैं उनलाई पटकपटक सम्हालिरहेका थिए । छोरा सम्झेर घरी भक्कानिने, घरी जुरुक्कै उठ्न खोज्ने सीता पटकपटक डाँको छाडेर रुन खोज्दा प्रचण्डले सम्झाएका थिए । प्रचण्ड आफैं सम्हालिन गाह्रो परिरहेको त्यो क्षण निकै भाबुक बनेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार १७:४०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,