Breaking News

भद्रपुर/ झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महीनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक ढकालले बताए।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छिन् ।  उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ । काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो ।

विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ११:२४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,