Breaking News

देशको अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छः गृहमन्त्री बादल

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १५:०५

 

फागुन २७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले देशको अर्थतन्त्र अहिले पनि तस्कर र भ्रष्टाचारीको हातमा भएको बताएका छन् ।

मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले मुलुकको समृद्धि नै तस्कर र भ्रष्टाचारीहरुले हातमा लिएको बताएका हुन् । ‘अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छ,’ गृहमन्त्री बादलले भने, ‘भ्रष्टको सामाज्य छ, अब यसको अन्त्य गर्नु छ ।’

उद्योगी व्यवसायीहरुले ठूलो मात्रामा राजश्व छल्ने गरेको भन्दै मन्त्री बादलले त्यस्ता सूचना उपलब्ध गराउन पत्रकारलाई आग्रह गरेका थिए ।

अर्को फरक प्रशंगमा गृहमन्त्री बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले मुलुकमा विधिको शासन कायम गर्ने भन्दै कुनै पनि गलत क्रियाकलाप र गतिविधिको अन्त्य गर्ने बताए ।
onlinekhabar

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १५:०५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,