Breaking News

दोश्रो सुरेन्द्र मेमोरियल राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न ।

हरिराम पौडेल प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार २१:२५

काठमाडौं भाद्र ३१ ग्ते ।

राष्ट्रिय पारा पौडी संघ नेपाल र लायन्स क्लव अफ काठमाडौं खास्तीको संयुक्त आयोजनामा दोश्रो सुरेन्द्र मेमोरियल पारा पौडी प्रतियोगिता काठमाडौंको जोरपाटी स्थित पिस क्लवमा सम्पन्न भएको छ ।सुरेन्द्र बहादुर बस्नेत राष्ट्रिय पारालिम्पिक कमिटीका संस्थापक अध्यक्ष हुन् ।

उक्त प्रतियोगितामा शारिरिक अपागंता भएका स्पाइनल इन्जुरी तथा इम्पुटी तर्फका महिला तथा पुरुषले सहभागिता जनाएका थिए । २५ मिटर स्पाइनल इन्जुरी महिला तर्फको प्रतियोगितामा जेनिसा कडायत प्रथम भएकी थिइन्, उनले २५ मिटरको दूरी एकातिस सेकेन्डमा पुरा गरेकी थिइन् । त्यसै गरि संगीता माझी द्धितिय तथा अनु राई त्रितीय भएकी थिइन् । पुरुष तर्फको उक्त प्रतियोगितामा अकल बहादुर तामाङ्ग प्रथम भएका थिए, उनले उक्त दूरी वीस सेकेन्डमा पुरा गरेका थिए भने विष्णु श्रेष्ठ द्धितीय तथा दिपक तामाङ्ग तृतीय भएका थिए ।


त्यसै गरि महिला एम्पुटी २५ मीटर तर्फ सरिता थुलुङ्ग प्रथम भएकी थिइन्, उनले उक्त दूरी वाइस सेकेन्डमा पुरा गरेकी थिइन् भने हेमकुमारी राई द्धितीय, रञ्जना चौधरी तृतीय भएकी थिइन्, पुरुष तर्फको पचास मीटरको उक्त प्रतियोगितामा भीम बहादुर कुमालले ३१ सेकेन्डमा पुरा गरि प्रथम भएका थिए भने जंग बहादुर रुचाल द्धितीय तथा रमेश खत्री तृतीय भएका थिए । लायन्स क्लव डिस्ट्रिक ३२५ ए वानका डिस्ट्रिक गर्भनर अनन्त प्रसाद भेटवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा बोल्दै डिस्ट्रिक गर्भनर भेटवालले फरक क्षमताले युक्त खेलाडीहरु विचको प्रतिष्पर्धात्मक प्रतियोगितामा सहभागी खेलाडीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि लायन्सले यस्ता प्रतियोगिताहरुको आयोजना गर्ने बताउनु भयो ।


प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा शारिरिक अपांगता भएका २१ जना महिला तथा पुरुष खेलाडीहरुले भाग लिएका थिए ।


कार्यक्रममा लायन्स क्लव अफ काठमाडौ खास्तीका अध्यक्ष राजेश कुमार श्रेष्ठ, राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ, राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका  वरिष्ठ उपाध्यक्ष केदारबावु सिवाकोटी, पूर्व गभर्नर कुमारराज सुवेदी, राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य तथा राष्ट्रिय पारा पौडी संघ नेपालका उपाध्यक्ष उदय बहादुर लिम्वु, राष्ट्रिय पारा पौडी संघ नेपालका महासचिव हरिराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार २१:२५

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,