Breaking News

नयाँ मुहार फेर्दै नयाँ बसपार्क

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार १७:४६

काठमाडौं, २२ वैशाख । नेपाल सरकारले काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा रहेका विभिन्न यातायात समितिका टिकट काउन्टरहरु हटाएको छ ।

यातायात व्यवस्था विभागले नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई यातायात समिति र संघका काउन्टर तथा बोर्डहरु हटाउन निर्देशन दिएलगत्तै शुक्रबार साँझ प्रहरी परिचालन गरी काउन्टरहरु बन्द गरिएको हो । विभिन्न संघ तथा समितिका ५० ओटा काउन्टरहरु र बोर्ड हटाइएको छ ।
कम्पनीअन्तर्गत्का २३ ओटा काउन्टरहरु भने यथाव राखिएको जनाइएको छ ।

बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्कमा काउन्टर राखेर बसेका समितिहरुले १४ वर्षदेखि भाडासमेत नतिरेको जनाएको छ ।
काउन्टरहरु हटाउनेक्रमा झडप हुनसक्ने आशंकामा महाराजगन्ज प्रहरी वृत्तका डीएसपीको नेतृन्वमा दुई ट्रक प्रहरी परिचालन गरिएको थियो । प्रहरी पुगेपछि समितिका काउन्टरमा बसेका कर्मचारी पनि भागेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार १७:४६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,