Breaking News

नयाँ वर्ष २०७५ को शुभकामना

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १०:०१

काठमाडौं  वैशाख १ , आजबाट विक्रम संवतको नयाँ वर्ष २०७५ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज वैशाख १ गते देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना साटासाट गरेर मनाइरहेका छन् । नयाँ वर्षको अवसरमा अधिकांशहरु पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने चलन रहेको छ ।

नयाँ वर्षको पहिलो दिन आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको समिक्षा गर्दै भावि योजना पनि तय गर्ने गर्दछन् । यसैगरि नयाँ वर्षको सुरुवातमा विहानै नुहाई धुवाई गरि देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

नयाँ वर्षमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जानेको भीड लागेको छ । नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लागेको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १०:०१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,