Breaking News

मङ्सिर १७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८ आत्तरखेल स्थित नेपालय इंग्लिश पब्लिक स्कुल (नेप्स)ले तेस्रो अन्तर बिद्यालय स्तर फुटबल प्रतियोगिता गर्ने भएको छ ।

आगामी मङ्सिर २१ गते देखि सुरु हुने प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरि सो बारे जानकारी गराएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै नेपालय इंगलिस पब्लिक स्कुलका कोर्डिनेटर रबिन खड्काले शैक्षिक ज्ञान र शिप बिकासको साथ साथै खेल कौशलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको बिकास गर्नुको लागि र अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर तेस्रो अन्तर बिद्यालय स्तर फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

चार दिनसम्म हुने प्रतियोगिता स्कुलको खेल मैदानमा संचालन हुने छने भने प्रतियोगीतामा सहभागी हुनको लागि ३ हजार रुपैया दर्ता शुल्क लाग्ने प्रतियोगीताका संयोजक संगम थापा श्रेष्ठले बताए । सहभागी हुन चाहने बिद्यालयले मङ्सिर १९ गते सम्म दर्ता गरिसक्नु पर्नेछ भने उक्त प्रतियोगिताको टाई सिट मङ्सिर २०गते ३ बजे प्रकाशित गरिने आयोजकले बताएको छ।

मङ्सिर २१ गते दिनको २ बजे नेपाली फुटबलका कप्तान बिराज महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन हुने समेत जानकारी गराइएको थियो अफिसियल रेफ्री को भूमिका मा प्रदिप लामा रहनेछन भने प्रतियोगीतामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।

थप जानकारीको लागि संगम थापा श्रेष्ठ ९८२३५५३८१४ ,बुद्ध श्रेष्ठ ९८४६८८८८०० ,रबिन खड्का ९८४३७०९२७१ अथवा नेपालय स्कुल ०१(४९१६ २२९ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १५:०५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,