Breaking News

नेपाल लाइब्रेरी फाउण्डेशनको प्रदेश सम्पर्क कार्यालय चितवनमा

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार २२:०४

चितवन,कार्तिक ३०
नेपाल लाइब्रेरी फाउण्डेशन प्रदेश नम्बर ३ को सम्पर्क कार्यालय चितवन स्थापना गरिएको छ । कार्यालयको आज (शुक्रबार) एक कार्यक्रमका विच नेपाल लाइब्रेरी फाउण्डेशन क्यानडाका संस्थापक अध्यक्ष नरेश कोइरालाले उद्घाटन गरे । फाउण्डेशनले देशभर ३ सय बढि इ–लाइब्रेरी र लाइब्रेरी स्थापना गरिसकेको छ भने चितवनमा मात्रै १८ इ–लाइब्रेरी स्थापना गरेको फाउण्डेशनका क्षेत्रिय संयोजक इन्द्रकान्त पौडेलले जानकारी दिए । उनले प्रदेश नम्बर ३ मा रहेका लाइब्रेरी तथा इ–लाइब्रेरीको ब्यवस्थापनमा सम्पर्क कार्यालयले काम गर्ने बताए । फाउण्डेशन मार्फत इ–लाइब्रेरी स्थापना भएपछि अध्ययन गर्न चाहाने विद्यार्थी तथा आम पाठक लाभाम्बित भएका छन् ।

शिक्षाको उज्यालोबाट कोहीपनि बन्चित नहुन भन्ने उदेश्यले नेपाल लाइब्रेरी फाउण्डेशन स्थापना गरिएको फाउण्डेशन क्यानडाका संस्थापक अध्यक्ष नरेश कोइरालाले बताए । उनले फाउण्डेशनले अझै ग्रामिण क्षेत्रका नागरिकलाई केन्द्रित गर्दै लाइब्रेरी स्थापना गर्ने जानकारी दिए ।

उद्घाटन कार्यक्रममा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी उपरिक्षक विनोद घिमिरे,विभिन्न विद्यालयका प्रधानाध्यापक,कम्प्युटर शिक्षक लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार २२:०४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,