Breaking News

नेमार र केलियन एमबाप्पेवि नै पीएसजीको जित

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार ११:२०

एजेन्सी / साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले टोलीका स्टार नेमार र केलियन एमबाप्पेविनै फ्रेन्च लिगमा जित हात पारेको छ ।

लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको पीएसजीले शनिबार राती भएको खेलमा मध्यक्रममा रहेको टोउलुसेलाई १–० गोलले हरायो । लिगका यो पीएसजीको लगातार १४औं जित हो ।

पीएसजीको घरेलु मैदानमा नेमार र एमबाप्पे बिना उत्रिएको पिएसजीका लागि एडिन्सन काभानीले निर्णायक गोल गरे  । काभानीले नवौं मिनेटमा गरेको गोल नै पिएसजीका लागि प्रयाप्त बन्यो । नेमार र एमबाप्पे घाइते भएका कारण खेलेनन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने क्रममा ब्राजिलका नेमार क्यामरुनसँगको खेलमा घाइते थिए । एमबाप्पे उरुग्वेविरुद्धको खेलमा घाइते भएका थिए । जितसँगै पीएसजीले १४ खेलबाट ४२ अंक बनाएको छ ।

पीएसजी दोस्रो स्थानमा रहेको लियोनभन्दा १५ अंकले अगाडी छ । पीएसजीसँग हारेको टोउलुसे १४ अंकका सात तालिकाको १५औं स्थानमा छ ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार ११:२०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,