Breaking News

नोबल शान्ति पुरस्कार विजेता नादियाको दर्दनाक कथा

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १०:५४

बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला अधिकारकर्मी नदिया मुरादलाई दिइएलगत्तै उनीहरुका बारेमा विश्वव्यापी चासो बढेको छ ।

नादिया बलात्कार पीडित हुन्, जो अहिले बलत्कारविरोधी अभियन्ता बनेकी छन् । उनलाई २०१४ मा इस्लामिक स्टेटले अपहरण गरेको थियो र तीन महिनासम्म बन्धक बनाएर सामुहिक बलात्कार गरेको थियो । नदिया यसरी सुनाउँछिन् आफ्नो कथा ।
इस्लामिक स्टेटका चरमपन्थीहरु आउनुअगाडि म आफ्नो आमा र भाइबहिनीसँग उत्तरी इराकको सिन्जा नजिकै कोचू गाउँमा बस्थेँ । हाम्रो गाउँमा धेरै मानिस खेतीमा निर्भर छन् । म त्यसबेला ६ कक्षामा पढ्थेँ । गाउँमा करिव १७०० मानिसहरु बस्थे र सबै शान्तिपूर्वक नै बसेका थिए । आईएसले सिन्जा वा हाम्रो गाउँमा आक्रमण गर्ने पूर्वचेतावनी पनि दिएको थिएन ।

३ अगष्ट २०१४ मा जब आईएसले याजिदीहरुमाथि आक्रमण गरे, केही मानिस सिन्जातिर भागे । तर, हाम्रो गाउँ धेरै टाढा थियो । हामी भागेर कहिँ जान सक्दैनथ्यौं । हामीलाई ३ देखि १५ अगष्टसम्म बन्धक बनाएर राखे ।

तीन हजारभन्दा धेरै मानिसको हत्या भएको र ५ हजार महिला तथा बालबालिकालाई कब्जामा लिएको खबर आउन थालेको थियो ।त्यसबेलासम्म हामीलाई वास्तविकता थाहा भइसकेको थियो ।

त्यही क्रममा चरमपन्थी आए र हामीलाई कब्जामा लिए । हामी केही गर्न सक्ने अवस्थामा थिएनौं । पुरै घेरिएका थियौं । हामीलाई तीन दिनभित्र धर्म परिर्वतन गर्न चेतावनी दिइयो ।

१५ अगष्टमा म आफ्नो परिवारसँग थिएँ । हामी निकै डराएका थियौं किनकी हाम्रो अगाडि जे भइरहेको थियो, त्यसलाई लिएर हामी भयभीत थियौं । त्यो दिन आईएसका करिव १ हजार लडाकू हाम्रो गाउँमा प्रवेश गरे । उनीहरुले हामीलाई स्कुलमा लगे । स्कुलका दुई भवन थिए ।

पहिलोमा पुरुषहरुलाई राखे भने दोस्रोमा महिला र बालबच्चालाई राखेर हामीसँग भएको सबै खोसे । मोबाइल, पर्स, पैसा सबैथोक । त्यसपछि उनीहरुका नेता ठूलो स्वरले कराए( जो इस्लाम धर्म स्वीकार गर्छन्, कोठा छाडेर जानू ।

हामीलाई थाहा थियो कि जो बाहिर जान्छ, उ मारिन्छ । किनकी उनीहरु याजिदीबाट इस्लाम स्वीकार गर्ने असली मुसलमान हुन् भन्ने मान्दैनन् । पहिले इस्लाम कबुल गराउने र त्यसपछि मार्ने उनीहरुको नियत प्रष्ट थियो । तर, महिला भएको नाताले हामीलाई मादैनन् र अरु काममा लगाउँछन् भन्ने पनि लागेको थियो ।

पुरुषहरुलाई स्कुल बाहिर लगिँदै गर्दा अब के हुन्छ भन्ने कसैलाई थाहा थिएन । एक्कासी गोली चलेको आवाज आयो । त्यहाँ मेरो भाइ र अरु मारिएका थिए । उनीहरुले को बच्चा हुन्, को जवान र को बुढा हुन् हेरेका थिएनन् । हामीले देख्यौं कि पुरुषहरुलाई गाउँ बाहिर लगिँदै थियो । लडाकूले एक जनालाई स्कुलमा छाडे । उनले बताएअनुसार कसैलाई पनि छाडिएन, सबैलाई मारियो ।

उनीहरुलाई मारेपछि हामीलाई अर्को गाउँमा लगियो । त्यसबेलासम्म रात परिसकेको थियो । हामीलाई त्यहाँ पनि स्कुलमा राखियोे । हामीलाई तीन समूहमा बाँडियो । पहिलो समूहमा तन्नेरी महिलाहरु थिए, दोस्रोमा बच्चा र बाँकी तेस्रो समूहमा ।

यौन हिंसाविरोधी अभियन्तालाई नोबल शान्ति पुरस्कार
हरेक समूहका लागि अलग योजना थियो । बच्चालाई प्रशिक्षण शिविरमा लगियो । विवाहका लागि अयोग्य महिलाहरुको हत्या भयो । उनीहरुमा मेरी आमा पनि थिइन् ।

राति हामीलाई मोसुल लिएर गए । हामीलाई अर्को शहरमा लैजाने मानिसहरु तिनै थिए, जसले मेरो भाइ र आमालाई मारेका थिए । उनीहरुले हाम्रो उत्पीडन र बलात्कार गरिरहेका थिए । म केही सोच्नसक्ने स्थितिमा थिइनँ ।

उनीहरुले हामीलाई मोसुलको इस्लामिक अदालतमा लगे, जहाँ हरेक महिलाको तस्वीर लिइयो । म त्यहाँ महिलाहरुको हजारौं तस्वीर देख्न सक्थेँ । हरेक तस्वीरको साथमा एक फोन नम्बर हुन्थ्यो । यो फोन नम्बर त्यो लडाकूको हुन्थ्यो, जो त्यसका लागि जिम्मेवार हुन्थे ।

सबै स्थानमा आईएस लडाकू इस्लामिक अदालत आउँथे र तस्वीरहरु हेरेर आफ्नो लागि युवती छान्थे । युवती छानेपछि लडाकूहरु उनीहरुसँग मोलतोल गर्थे, जसले ती युवतीहरु ल्याएका हुन्थे । उसले चाहे किन्न, भाडामा दिन वा आफ्नो कुनै चिनजानको मानिसलाई उपहारमा दिन सक्थ्यो ।

पहिलो रात हामीलाई लडाकुको साथमा पठाइयो । मलाई मन पराउने लडाकू धेरै मोटो थियो । म भने उसलाई घृणा गर्थेँ । जब हामी सेन्टरमा गयौं, मैले जान्न भनेर अड्डी कसेँ, तर मेरो कुरा उसले सुनेन ।

मुस्लिम परिवारको आश्रय

एक हप्तापछि मैले भाग्ने कोशिस गरेँ । उनीहरुले मलाई अदालतमा लगे र सजायका रुपमा ६ सुरक्षा गार्डले बलात्कार गरे । तीन महिनासम्म मेरो यौन उत्पीडन भइरहृयो ।

यो इलाकामा चारैतिर आईएस लडाकू फैलिएका थिए । तीन महिनासम्म मैले भाग्ने मौका पाइनँ । एकपटक म एक पुरुषको साथमा थिएँ । उ मेरा लागि केही कपडा किनिदिन चाहन्थ्यो । उसको उद्देश्य मलाई बेचिदिने थियो ।

जब उ पसलमा गयो, म घरमा एक्दै थिएँ र त्यहाँबाट भागेँ । म मोसुलको गल्लीहरुमा भागिरहेकी थिएँ । मैले एक मुस्लिम परिवारको ढोका ढक्ढक्याएँ र उनीहरुलाई आफ्नो दुःख पीडा बताएँ । उनीहरुले कुर्दिस्तानको सीमासम्म पुर्‍याउन सहयोग गरे ।

शरणार्थी शिविरमा कसैले मलाई दुःख(पीडा सोधेनन् । ममाथि के भयो र त्यहाँ महिलाहरुमाथि के भइरहेको छ भनेर म दुनियाँलाई बताउन चाहन्थें । मसँग पासपोर्ट थिएन, नागरिकता पनि थिएन । म आफ्नो कागजपत्र पाउन कैयौं महिनासम्म इराकमा बसिरहेँ ।

त्यही समय जर्मन सरकारले त्यहाँका १ हजार मानिसहरुलाई सहयोग गर्ने निर्णय गर्‍यो । म त्यसभित्र परेँ ।

आफ्नो उपचार गराउने क्रममा एक संगठनले मलाई संयुक्त राष्ट्रसंघमा गएर आफ्नो दुःख पीडा सुनाउन भन्यो । म यो कहानी सुनाउन विश्वको कुनै पनि देशमा जान तयार छु ।

(बीबीसी हिन्दीबाट) and onlinekhabar

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १०:५४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,