Breaking News

पारा पौडी प्रशिक्षणको लागी खेलाडीहरु जापान प्रस्थान

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार १३:५८

जापानको कोवे शहरमा हुन गइरहेको पारा पौडी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण लिन पारा पौडी खेलाडीहरु तथा अफिसर आज जापान प्रस्थान गर्दैछन् । यहि मंशिर २४ गते देखि २९ गते सम्म हुने उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय पारा पौडी संघ नेपालको तर्फबाट पारा पौडी खेलाडीहरु जंग बहादुर रुचाल, सरिता थुलुङ, अनुकला राई तथा अफिसर सरोज श्रेष्ठ सहभागी हुदैछन् ।

खेलाडीहरुलाई विदाई कार्यक्रममा बोल्दै राष्ट्रिय पारा पौडी संघ नेपाल का अध्यक्ष सरोज श्रेष्ठले कोवे शहरमा हुने प्रशिक्षण कार्यक्रमबाट नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा समेत आँफूलाई आत्मविश्वासका साथ सामेल गराउन सक्नुको साथै उत्कृष्ट नतिजा ल्याउन सक्नेमा विश्वस्त रहेको बताए ।

राष्ट्रिय पारालिम्पिक कमिटी कि अध्यक्ष राधा घलेले यस्ता प्रशिक्षण कार्यक्रमले अव नेपाली खेलाडीहरुले ओलम्पिक खेलमा समेत आत्मविश्वासका साथ भाग लिन सक्ने विश्वास व्यक्त गर्दै खेलाडीहरुलाई सिकाई महत्वपूर्ण भएकोले अवसरको राम्रो सदुपयोग गर्न सुझाव दिइन् । साथै शारिरिक रुपले केहि समस्या भए पनि मानसिक र वौद्धिक रुपमा पारा खेलाडीहरु पूर्ण सक्षम भएकाले आँफूलाई अरु भन्दा कम आकलन गर्न नहुने, पूर्ण आत्मविश्वासका साथ प्रशिक्षण कार्यक्रममा सहभागी हुनु पर्ने बताइन् ।

राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य तथा राष्ट्रिय पारा पौडी संघ नेपालका उपाध्यक्ष उदय बहादुर लिम्वुले खेलाडीहरुलाई शुभकामना दिदै यो सिकाईको नतिजा २०२० मा जापानको टोकियोमा हुने पारा ओलम्पिक खेलमा देखिने बताए ।


राष्ट्रिय पारा पौडी संघ नेपालले नेपालमा अपांगता भएका व्यक्तिहरुको पारा पौडी खेलको विकास र विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा अवसरहरुको खोजी गरी सवै प्रकारका आपङ्गता भएका खेलाडीहरु जस्तैः एम्पुटिज, दृष्टिविहीन, शाररीक तथा बहुअपाङ्गता भएका खेलाडीहरु समेतको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन र सहभागिता गरी राष्ट्रको गौरव बढाउदै आएको संस्थाका महासचिव हरिराम पौडेलले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार १३:५८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,