Breaking News

प्यारी अपरिचित छोरी म्हार्मेन

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ०९:२५

प्यारी अपरिचित छोरी म्हार्मेन

संचारको माध्यमबाट जोडिएको हामी आमा छोरीको नातालाइ न त मैले दिनमै भूल्न सके न रातमा त्यसैले छोरी
आज तिम्रै नाममा सम्झनाका गुच्छाहरु उनेर सुन्दर अक्षरले स्मृतिका पन्नाहरु भरिदै छु । छोरी मलाई माफ गर ल किन कि म तिम्रो आमा होइन भन्न सकिएको छैन ।
तिमीले बोलेको पहिलो वाक्य नै “मम्मी घर कहिले फर्किने” । छोरी म त्यो तिम्रो आवाजले अवाक भएको थिए । चुपचाप तिम्रो एकोहोरो सम्वाद सुनी रहे । तिमी आफ्नो आमालाई सुनाउदै थियो मम्मी मलाई सानो गाडी, नयाँ लुगा,चुरा,सुन र चस्मा यस्तै यस्तै अरु पनि के के हो के के । मैले सुनी रहे तिमी बोली रहे हाम्रो दोहोरो सम्वाद हुन बाकी नै थियो । फेरि तिमीले अन्तिम चोटि रुन्चे अवरुद्ध गलामा बोल्न थालिन बोल्नुस न मम्मी हजुर घर कहिले फर्किने ? त्यस पछि तिम्रो बाल मनाेविज्ञान बुझ्न बाध्य भए पक्कै तिम्रो मम्मी खुसी खोज्दै विदेशिएको हुनु पर्छ ठाने मैले हिउँ झै पग्ली रहेको आफ्नो मनलाई दरो बनाए अनि बल्ल बोले छोरी म छिट्टै फर्किदैछु । यति मेरो आवाज सुने पछि उता तिमी खुसीले फुरुक्क भइ एकाएक तिम्रो आवाजमा जदुमय परिवर्तन आयो । यता म मातृ स्नेहको पीडाले धुरुक्क भए ।मेरो गला अवरुद्ध हुँदै आएर हिक्क छुट्न थाल्यो । यतिकैमा तिम्रो र मेरो सम्वाद्लाइ साथ दिई रहेको स्मार्ट सेल टुटि सकेछ । फेरि तिमीसङ्ग बोल्ने इच्छाले फोन डायल गरे सम्पर्क हुन सकिएन ।
छोरी तिम्रो सम्झना मेरो मनमा खेल्नु र खेलाउनु बाहेक अर्को विकल्प मसङ्ग थिएन । लाग्दो हो तिमी भर्खर 4/5 वर्षको हुनुपर्छ । तिम्रो आमा तिम्रो भर्खर बोली फुट्दा विदेशिएको हुनुपर्छ । सायद तिमी बाबा वा अरु कसैको संरक्षणमा हुर्की रहेको हुनुपर्छ । अनि तिमी पनि म जस्तै तामाङकी छोरी हुनुपर्छ । किन कि तिमीले बोलिरहेका भाषाले त्यही बुझाउछ । त्यसैले छोरी मैले तिम्रो नाम पनि तामाङ भाषामै “म्हार्मेन” राखी दिए । म्हार्मेनको अर्थ बलिरहेको बत्ती भन्ने बुझिन्छ । तिमी मेरो मनमा बलि रहेको बत्ती हौ छोरी ।
अन्ततः
मलाई विश्वास छ टुटिएको हाम्रो सम्बन्ध र सम्वादलाई फेरि नजिक स्मार्ट सेलले छिट्टै जोड्नेछ । तिमीसङ्ग भेट्ने मेरो ठूलो चाहना अनि आमाको काखमा रम्ने तिम्रो कल्पना केही हदमै भए पनि पूरा गर्ने बाचा सहित आज स्मृतिको पर्खाल लगाइ विदा हुन चाहन्छु ।

उहीँ तिम्रो अपरिचित आमा
रचना मोक्तान “यात्री”
नमोबुद्ध -५ काभ्रे

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ०९:२५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,