Breaking News

प्रदेश ३ को राजधानीको टुंगो मतदानबाट

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १०:३९

काठमाडौँ ।  प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमबार अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।

उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताइन् । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उनले भनिन्, “यदि सहमति हुन नसके मतदानबाटै टुङ्गो लगाउनुपर्छ, प्रदेशसभाको आगामी बैठकमा राजधानीको विषयले प्रवेश पाउँछ ।”

यद्यपि बैठकको मिति भने टुङ्गो लागेको छैन् । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ । उपसभामुख तामाङका अनुसार यस अवधिमा कांगे्रस महासमिति बैठक र नेवारी समुदायको चाड परेकाले बैठक बस्ने सम्भावना न्यून छ ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १०:३९

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,