Breaking News

प्रधानमन्त्री ओली बिजुली बस चढेर सिंहदरबार सररर….

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार १४:०३

सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने प्रधानमन्त्री ओलीको दाबी

कात्तिक ६, काठमाडौं । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।

बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गरे । बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए ।

गौतमबुद्ध विमानस्थल नबनेसम्म उपत्यकामा बिजुली बस चलाउने सहमति भएको साझा यातायातका निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । ‘लुम्बिनीमा पूर्वाधार नबनिसकेकाले हाललाई साझाको व्यवस्थापनमा उपत्यकामा चलाउने घोषणा गरिएको हो, उनले भने ।

एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई पाँच वटा बिजुली बस दिएको हो । तर, लुम्बिनीमा पूर्वाधार नबनेकाले हाललाई साझा यातायातको व्यवस्थापनमा काठमाडौं उपत्यकामा सञ्चालन गर्ने सहमति भएको छ ।

उनका अनुसार चिनियाँ कम्पनीले निर्माण गरेको बिजुली बसमा चालकसहित २० सिटको क्षमता छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार १४:०३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,